मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 28 August, 2025
सौरभ यादव राजविराज
Invalid date format १८:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भूमि विधेयकको विरोधमा सप्तरीमा जसपा नेपालको प्रदर्शन

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १८:५५:oo

भूमि विधेयकको विरोध गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले बिहीबार सप्तरीको बोदे बरसाइनमा प्रदर्शन गरेको छ।

जसपा नेपालले भूमिसम्बन्धी विधेयक मुलुक र जनताको हितमा नरहेको, भू–माफिया, जग्गा दलालको हित हुने र यसबाट वनजंगल विनाश भई तराई–मधेश मरुभूमीकरण हुने भन्दै प्रदर्शन गरेको हो।

पार्टीले घोषणा गरेको आन्दोलनअन्तर्गत बोदे बरसाइन नगरपालिका–५ को शत्रुधन चोकमा भेला भएका कार्यकर्ताले बजार परिक्रमा गर्दै विरोध प्रदर्शन गरेका हुन्।

​प्रदर्शनपछि आयोजित विरोधसभालाई सम्बोधन गर्दै जसपाका नेताहरूले भूमि विधेयकलाई राष्ट्रहित र जनहितविपरीत भएको टिप्पणी गरे। 

​केन्द्रीय सदस्य डा. बबीसिंह यादवले भूमि विधेयक जनताको पक्षमा नरहेको बताउँदै जसपा नेपालले विधेयक पारित हुन नदिएपछि अध्यक्ष उपेन्द्र यादवलाई फसाउन खोजिएको दाबी गरे।

​जसपाले भूमि विधेयकलाई भू–माफिया र दलालहरूको स्वार्थ पूरा गर्ने षड्यन्त्र भएको भन्दै देशभर आन्दोलनका कार्यक्रमहरू गरिरहेको छ।