मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १२ बिहीबार
  • Thursday, 28 August, 2025
नयाँदिल्ली
२o८२ भदौ १२ बिहीबार o८:oo:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

वैष्णोदेवी मार्गमा गएको पहिरोमा मृत्यु हुनेको संख्या ३० पुग्यो

Read Time : < 1 मिनेट
नयाँदिल्ली
नयाँ पत्रिका
२o८२ भदौ १२ बिहीबार o८:oo:oo

मंगलबार वैष्णोदेवी मार्गमा गएको पहिरोमा मृत्यु हुनेको संख्या ३० पुगेको छ । घटनापछि वैष्णोदेवी तीर्थ बोर्डले वर्षा र खराब मौसमलाई उद्धृत गर्दै तीर्थयात्रीलाई मौसममा सुधार आएपछि मात्र आफ्नो यात्राको योजना बनाउन अपिल गरेको छ ।

जम्मु–कस्मिरका मुख्यमन्त्री उमर अब्दुल्ला बुधबार बिहान पहिरोका कारण क्षतिग्रस्त ताबी पुलको निरीक्षण गरेका थिए । मिडियासँग कुरा गर्दै उनले उद्धार कार्यका लागि एनडिआरएफ टोली खटाएको बताए ।

पहिरोका कारण कम्तीमा २० जना घाइते भएका छन् । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको अधिकारीले बताएका छन् । जम्मु–कस्मिरका गर्भनर मनोज सिन्हाले अस्पतालमा भर्ना भएका घाइतेलाई भेटे ।

उनले दुर्भाग्यपूर्ण घटनाप्रति खेद जनाउँदै शव उनीहरूको घर पठाउने तयारी भइरहेको जानकारी दिए । वैष्णोदेवी तीर्थ बोर्डले मृतकका परिवारलाई प्रतिव्यक्ति पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिने बताएको छ । यसका साथै विपत् व्यवस्थापनले उनीहरूलाई प्रतिव्यक्ति चार लाख रुपैयाँ पनि दिनेछ ।

मंगलबार भारी वर्षाका कारण कटरा र वैष्णोदेवी यात्रा मार्गको बिचमा अचानक पहिरो गएको थियो । दुर्घटनालगत्तै वैष्णोदेवी तीर्थयात्रा स्थगित गर्ने निर्णय गरिएको थियो ।