मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 25 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

प्रि–आइपिओको नाममा सेयर बिक्री नगर्न बोर्डको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३७:oo

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्रि–आइपिओको नाममा सर्वसाधारणलाई सेयर बिक्री नगर्न/नगराउन निर्देशन दिएको छ।

सामाजिक सञ्जाल, इमेल तथा एसएमएसमार्फत निकट भविष्यमै सार्वजनिक निष्काशन गरिने भन्दै सर्वसाधारणलाई सेयर खरिद गर्न प्रस्ताव गरी अनधिकृत रूपमा पैसा उठाउने कार्य भइरहेको भन्दै बोर्डले यस्तो निर्देशन दिएको हो।

प्रचलित कानुनमा प्रि–आइपिओसम्बन्धी कुनै व्यवस्था नरहेकोसमेत बोर्डले स्पष्ट पारेको छ। धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा २९ को उपदफा (१)मा संगठित संस्थाले एकपटकमा ५० जनाभन्दा बढी व्यक्तिलाई धितोपत्र बिक्री-वितरण गर्ने भएमा सार्वजनिक निष्काशन गर्नुपर्ने व्यवस्था स्मरण गराएको छ।

‘...बोर्डबाट अनुमति प्राप्त नगरी सार्वजनिक रूपमा संगठित संस्थाको सेयर खरिद-बिक्रीसम्बन्धी कार्य नगर्न/नगराउन सूचित गरिन्छ,’ बोर्डले भनेको छ।