
नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैँले रवि लामिछानेलाई सिस्नोपानी लगाएर आफैँ तेल घसिरहेकाे टिप्पणी गरेका छन्।
लामिछानेलाई भेट्न प्रचण्ड नक्खु कारागार गएको प्रसंग उल्लेख गर्दै भट्टराईले बिहीबार प्रतिनिधिसभाको विशेष समयमा यस्तो टिप्पणी गरेका हुन्।
‘आफैँ प्रधानमन्त्री भएको वेलामा संसदीय छानबिन समिति बनाएर, उहाँ (प्रचण्ड)समेतका साथीहरू बसेर निज अभियुक्त हुन् भनेर किटान गरेर पठाएको कुरालाई, पहिले आफैँ सिस्नोपानी लगाउने अनि तेल घस्न जाने। यस्ता गैरराजनीतिक मापदण्ड बनाउन आवश्यक छैन,’ उनले भने।
रास्वपा अपराधको राजनीतीकरणमा लागेको आरोप लगाउँदै भट्टराईले थपे, ‘राजनीतिको अपराधीकरण हिजो व्यक्तिमा थियो, टोले गुन्डाहरू थिए राजनीतिमा अपराधीकरण गर्ने । आज पार्टी नै राजनीतिक अपराधीकरण र अपराधको राजनीतीकरणमा संलग्न छ भने यो भिडलाई दिग्भ्रमित गर्ने कुरा हो।’