मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ५ बिहीबार
  • Thursday, 21 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ५ बिहीबार १९:३२:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

अटोमोबाइल क्षेत्रको विकासका लागि स्थिर कर्जा नीतिकाे आवश्यकतामा जोड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ५ बिहीबार १९:३२:oo

सरोकारवालाहरूले अटोमोवाइल क्षेत्रका लागि स्थिर कर्जा नीति आवश्यक रहेको बताएका छन्।

काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो, २०२५’मा बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालको संयुक्त आयोजनामा ‘कर्जा नीतिमा स्थिरताः अटोमोबाइल बजारको दीर्घकालिन विकासको आधार’ विषयक अन्तरक्रियाका वक्ताहरुले कर्जा प्रवाह गर्न सबैभन्दा सुरक्षित क्षेत्र अटोमोबाइल क्षेत्र रहेको बताए।

यस क्षेत्रको थप विकासका लागि स्थिर कर्जा नीति आवश्यक रहेको उनीहरुको भनाइ छ।

नेपाल उद्योग वाणिज्य महासंघ कर तथा राजस्व समितिका उपसंयोजक तथा नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालका पूर्वअध्यक्ष कृष्ण दुलालले स्थिर कर्जा नीति आवश्यक रहेको बताए। यस क्षेत्रमा लगानी गरेपछि चिन्ता लिनुनपर्ने दाबी गर्दै उनले यसमा लगानी गर्ने व्यक्तिले पछाडी फर्किनु नपर्ने दाबी गरे।

उनले भने, ‘कर्मचारीहरूलाई बाइक तथा गाडी किन्न २० वर्षको लागि ऋण दिनुपर्ने व्यवस्था गर्नुपर्छ। त्यस्तो व्यवस्था गर्न सकेमा अधिकांशले गाडी किन्न सक्छन्। यसमा सरकारको ध्यान जान आवश्यक छ। यो व्यवस्था गर्न सकियो भने धेरै राम्रो हुन्छ।’

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले अटो मोबाइल क्षेत्रमा दुई खर्ब रूपैयाँभन्दा बढी कर्जा प्रवाह भएको बताए। बैंक तथा वित्तिय संस्थाले मात्रै नभई हायर पर्चेज कम्पनीहरूले पनि यस क्षेत्रमा लगानी गर्ने गरेको उनको भनाइ छ। ‘हामीले यो क्षेत्रलाई अनुत्पादक भनेका छैनौँ। हायर पर्चेज कम्पनीलाई लाइसेन्स दिनुले पनि अटोमोवाईल्स क्षेत्रलाई प्राथमिकतामा राखेको पुष्टी गर्छ,’ उनले भने ।

यसैगरी कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरूङले कृषि विकास बैंकले कृषि क्षेत्रलाई प्राथमिकतामा राखे पनि अर्थतन्त्रका अन्य क्षेत्रमा पनि लगानी गरिरहेको बताए। अटोमोवाईल्स क्षेत्रमा पनि कर्जा प्रवाह गर्दै आएको बताउँदै उनले यस क्षेत्रमा खराब कर्जासमेत कम रहेको बताए।
 
यसैगरी, भेन्चर हायर पर्चेजका सीईओ बाबुराम शर्माले हायर पर्चेज कम्पनीहरुबाट अटोमोवाइलमा क्षेत्रमा २६ अर्ब ५० करोड रूपैयाँ लगानी भएको बताए। काठमाडौँमा दर्ता भएका हायर पर्चेज कम्पनीले गाउँ गाउँमा गएर कर्जा प्रवाह गरेको उनको भनाइ छ।

उनले हायर पर्चेज कम्पनीहरूलाई कर्जा प्रवाहमा सहजिकरण गरिदिन आग्रह पनि गरे। नेपालमा स्थापित कम्पनीले विक्री गर्ने गाडीमा ऋण दिँदा समस्या कम आउने गरेको पनि उनले बताए।

नाफिजकी अध्यक्ष मेनुका कार्कीले यो छलफलले नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा  रहेको बताइन्।