मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १ आइतबार
  • Sunday, 17 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १ आइतबार १३:३३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

विद्युत् प्राधिकरणले गत आवमा गर्‍याे नौ अर्ब ६ करोड नाफा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १ आइतबार १३:३३:oo

गत आर्थिक वर्ष ०८१/८२ मा नेपाल विद्युत् प्राधिकरणले नौ अर्ब  ६ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । यो करअघिको नाफा हो । 

आज काठमाडौंमा जारी प्राधिकरणको ४०औँ वार्षिकाेत्सव समारोहमा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गत आवमा सोबराबरको नाफा भएको बताएका हुन् । यद्यपि, यो अघिल्लो आव ०८०/८१ को तुलनामा ३७.३२ प्रतिशत कम हो । उक्त आवमा प्राधिकरणको यस्तो नाफा १४ अर्ब ४६ करोड ५० लाख रुपैयाँ थियो । 

गत आवमा प्राधिकरणको कुल आम्दानी एक खर्ब ३८ अर्ब ८७ करोड रुपैयाँ रहेको छ । खर्च भने एक खर्ब १९ अर्ब ८१ करोड रुपैयाँ भएको शाक्यले बताए ।  विद्युत् खरिद, सञ्चालन, ब्याज भुक्तानीलगायतका शीर्षकमा सोबराबरको खर्च भएको हो ।