मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 17 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:४५:oo
Read Time : < 1 मिनेट
अर्थ

एसियन होटेलको आइपिओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:४५:oo

मुक्तिनाथ क्यापिटल एसियन होटेलको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री प्रबन्धक नियुक्त भएको छ । सेयर निष्कासन सम्झौतामा होटेल एसियनका अध्यक्ष पारस अधिकारी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

रुपन्देहीमा आतिथ्य सेवा दिँदै आएको एसियन होटेलले प्रतिकित्ता एक सय रुपैयाँका दरले ३५ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्नेछ । सेयर बिक्रीबाट संकलित ३५ करोड रुपैयाँबाट होटेलको सुविधा पाँचतारे स्तरमा स्तरोन्नति गर्ने, स्पोर्टस् कम्प्लेक्स तथा हेल्थ फिटनेसलगायतका पूर्वाधार विकास गर्ने लक्ष्य होटेलको छ ।

होटेलले हाल ६६ वटा सुविधासम्पन्न कोठा, स्पा, फिटनेस सेन्टर, क्यासिनो, बैंक्वेट हल, बाह्य बगैँचा, उच्चस्तरीय सेमिनार, कन्फरेन्स तथा डेस्टिनेसन बेडिङजस्ता अन्य सम्बन्धित सुविधाबाट आफ्नो व्यवसाय गर्दै आएको छ । सेयर निष्कासनपछि आफ्नो व्यवसाय विस्तार गर्न मुख्य सहर पोखरा, काठमाडौं, चितवनमा सेवा विस्तार गर्ने योजना रहेको होटेलका अध्यक्ष अधिकारीले बताए ।