मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३० शुक्रबार
  • Friday, 15 August, 2025
नयाँ पत्रिका सिन्धुपाल्चाेक
२o८२ श्रावण ३० शुक्रबार १o:oo:oo
Read Time : < 1 मिनेट
समाचार

पहिरोले कोदारी राजमार्ग अवरुद्ध : ६ सय ‘कन्टेनर’ सीमापारि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सिन्धुपाल्चाेक
नयाँ पत्रिका
२o८२ श्रावण ३० शुक्रबार १o:oo:oo

पहिरोले अवरुद्ध कोदारी राजमार्ग सञ्चालन नहुँदा सागसब्जी र फलफूल बोकेका ६ सय कन्टेनर मितेरीपुलपारि रोकिएका छन् । भोटेकोशी गाउँपालिका– २, इकुमा लेदोसहितको पहिरो  खसेको १२ दिन भयो ।

पहिरो पन्छाउन नसक्दा सवारीसाधन मात्र होइन, पैदल हिँड्न पनि कठिन भएको नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुन सापकोटाले बताए ।  करिब दुई किलोमिटर क्षेत्र पहिरोले ढाकेको छ । 

कन्टेनरका सामान भरियालाई बोकाएर पहिरो कटाउन थालिएको जानकारी दिँदै उनले पहिरो पन्छाउने प्रयास सरकारीस्तरमा नभएको गुनासो गरे । यसैबिच, चरिकोटस्थि सडक डिभिजन कार्यालयका प्रमुख अमितकुमार श्रेष्ठले निरन्तर लेदो बगेर सडक अवरुद्ध भएको र त्यो रोकिनासाथ भारी उपकरण प्रयोग गरेर बाटो खोलिने प्रतिबद्धता व्यक्त गरेका छन् ।