मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३० शुक्रबार
  • Friday, 15 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण ३० शुक्रबार o९:५१:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण ३० शुक्रबार o९:५१:oo

सन् १९७५ : बंगलादेश सेनाका मध्य दर्जाका सदस्यले कु गरे । कुका क्रममा देशका संस्थापक राष्ट्रपति सेख मुजिबुर रहमान र उनका परिवारका अधिकांश सदस्य मारिए । खोन्डकर मुस्तक अहमद राष्ट्रपति चुनिए ।

सन् १५३४ : स्पेनिस पादरी इग्नेसस अफ लोयोलाले मिसिनरी कार्य गर्ने उद्देश्यले ‘सोइटी अफ जेसस (जेजुइट)’ स्थापना गरे ।

सन् १७६९ : फ्रान्सेली जनरल तथा शासक नेपोलियन बोनापार्ट आजकै दिन जन्मिएका थिए ।

सन् १९१४ : ‘एसएस एनकोन’ जहाज चलेसँगै पानामा नहरमा पारवहन सुरु भयो । पानामाका राष्ट्रपति र अमेरिकी राजदूतलगायत सवार सो पहिलो यात्रामा जहाजले १० घण्टामा नहर पार गरेको थियो ।

सन् १९४५ : जापानी सम्राट् हिरोहितोले मित्रशक्तिसामु नि:सर्त आत्मसपर्मण गरे ।

सन् १९४७ : युरोपको पहिलो आणविक रियाक्टर ‘ग्रेफाइट लो इनर्जी एक्पेरिमेन्टल पाइल (ग्लिप)’ यसै दिबाट अक्सफोर्ड, इंग्ल्यान्डमा सञ्चालनमा आयो । 

सन् १९४७ : भारतले बेलायतको औपनिवेशिक शासनबाट स्वतन्त्रता हासिल गर्‍यो ।

सन् १९४८ : दोस्रो विश्वयुद्धको अन्त्यअघिसम्म जापानको उपनिवेश रहेको कोरिया प्रायद्वीपको दक्षिणी भागमा ‘गणतन्त्र कोरिया’(दक्षिण कोरिया) नामक स्वतन्त्र देश घोषित भयो ।

सन् १९५० : असाम–तिब्बतको सिमानामा ८.६ रेक्टरको शक्तिशाली भूकम्प जाँदा करिब पाँच हजारको ज्यान गयो ।

सन् १९६० : पहिले कंगो–ब्राजाभिल भनेर चिनिने गणतन्त्र कंगोले फ्रान्सबाट स्वतन्त्र भएको घोषणा गर्‍यो ।

सन् १९७१ : बेलायतको उपनिवेश रहेको बहराइन स्वतन्त्र राष्ट्र बन्यो ।

सन् २००१ : वैज्ञानिकहरूले बिग डिपर तारामण्डलमाझ हाम्रो सौर्य प्रणालीभन्दा बाहिर एकभन्दा बढी ग्रह भएको पहिलो सौर्य प्रणाली पत्ता लगाएको घोषणा गरे ।

सन् २०२१ : अफगानिस्तानमा २० वर्षपछि फेरि तालिबान फौजले राजधानी काबुल छिरेर सत्ता कब्जा गरेसँगै राष्ट्रपति असरफ घानी देश छाडेर भागे ।

सन् २०२२ : स्कटल्यान्ड महिलाका महिनाबारीसम्बन्धी सबै उत्पादन नि:शुल्क बनाउने विश्वको पहिलो देश बन्यो ।