मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 15 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पूर्वराष्ट्रपति भण्डारी विराटनगर र जनकपुर जाँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:५o:oo

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर र जनकपुर जाने भएकी छिन् । उनी २ भदौमा विराटनगर र १४ भदौमा जनकपुरमा अलग–अलग कार्यक्रममा सहभागी हुने तय भएको उनको सचिवालयले जनाएको छ ।

विराटनगरमा उनी उद्घोष दैनिकको कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछिन् । जनकपुरमा वीरगन्ज उद्योग वाणिज्य महासंघको कार्यक्रममा सहभागी हुनेछिन् ।

दुवै कार्यक्रममा एमालेका नेता तथा कार्यकर्तासँग पनि भण्डारीले भेटघाट गर्ने उनका स्वकीय सचिव राजकुमार राईले बताए । एमालेले पछिल्लो केन्द्रीय कमिटीबाट पार्टी सदस्यता नवीकरण नै स्थगित गरेपछि पूर्वराष्ट्रपति भण्डारीले पूर्वउपाध्यक्षको हैसियतमा सक्रिय हुने जनाउ दिँदै गतिविधि गर्दै आएकी छिन् ।

आगामी २० र २१ भदौमा काठमाडौंमा हुने विधान महधिवेशनमा प्रतिनिधिमार्फत केन्द्रीय कमिटीको निर्णय परिवर्तनका लागि विभिन्न रणनीतिसहित ‘मुभ’ गर्ने उनको तयारी छ ।