मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 14 August, 2025
Invalid date format १९:oo:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

ताप्लेजुङ गोल्डकप : सलहेस फाइनलमा, उपाधिका लागि चर्च ब्वाइजसँग भिड्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:oo:oo

ताप्लेजुङको फुङलिङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा सलहेस युवा क्लब सिराहा पुगेको छ। बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा सलहेशले रेड स्टार क्लब झापालाई २–० ले पराजित गर्दै फाइलमा पुगेको हो।

चारजना विदेशी खेलाडीसहित मैदान उत्रिएको सलहेसलाई खेलको १३औं मिनेटमै युसुफ मलिकले अग्रता दिलाएका थिए। हिलाम्मे खेल मैदानमा रेड स्टर झापाले बारम्बार गोल गर्ने प्रयास गरे पनि सफल भएन। खेलको ४८औँ मिनेटमा युसुफले दोस्रो गोल गरे। खेलको म्यान अफ द म्याच सलहेस सिराहाका युसुफ मलिक भए। उनले नगद ७ हजार रुपैयाँ प्राप्त गरेका छन्।

यसअघि क्वाटरफाइनलमा सलहेशले फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई ६–० को फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो। उता, रेड स्टार झापाले सहारा क्लब पोखरालाई २–१ ले हराएर अन्तिम सेमीफाइनलमा पुगेको थियो।

फाइनल खेलमा सलहेश युवा क्लबले अब शनिबार चर्च ब्वाइज क्लब ललितपुरसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ। चर्च ब्वाइजले भारतको लिजेन्ड फुटबल एकेडेमीलाई १–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो। त्यसपछि बुधबार सम्पन्न सेमिफाइनलमा द योङ ब्रदर्श फुटबल क्लब सुनसरीलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै फाइनलमा पुगेको थियो।