मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २८ बुधबार
  • Wednesday, 13 August, 2025
मोहन विष्ट कञ्चनपुर
२o८२ श्रावण २८ बुधबार o६:४८:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कञ्चनपुर कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ श्रावण २८ बुधबार o६:४८:oo

कञ्चनपुर कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएका छन् । ६ दशकअघि बनेको कारागार भवनमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ ।

०२३ मा निर्माण भएको पहिलो कारागार भवनमा २० महिला, ७५ पुरुषसहित ९५ कैदीबन्दी राख्ने क्षमता छ । तर, हाल कारागारमा साढे चार सयभन्दा बढी कैदीबन्दी छन् ।

दुई वर्षअघि मात्रै नयाँ भवन निर्माण गरी थप ६५ जना अट्ने क्षमता विस्तार भएको छ । एक सय ६० जना अट्ने क्षमताको कारागारमा चार सय ७५ कैदीबन्दी छन् । केही निश्चित मुद्दामा प्यारोल सुविधामा हालसम्म ४६ कैदीबन्दी छुटेका छन् ।

कारागारको तथ्यांकअनुसार सबैभन्दा बढी लागुऔषध एक सय ७८, कर्तव्य ज्यान ५७, मानव बेचबिखन १९, जबर्जस्तीकरणी ९९, चोरी ६७, ज्यान मार्ने उद्योग सात, ठगी तीन, बैकिङ कसुर सात, वन दुई, सार्वजनिक अपराध ६, सवारी ज्यान आठ, वन्यजन्तु एक, बहुविवाह ११ र अन्य अपराधका सात कैदीबन्दी छन् । 

कञ्चनपुर कारागारको नाममा पाँच बिघा जग्गा छ । तर पर्याप्त जग्गा हुँदाहुँदै पनि भवन निर्माणमा सरकारले चासो दिएको छैन । कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रमुख रामदत्त जोशीले क्षमताभन्दा तीनगुणा बढी कैदीबन्दी भएकाले व्यवस्थापनमा समस्या भएको बताए ।

‘हामीले उपलब्ध स्रोत–साधनको अधिकतम प्रयोग गरेर व्यवस्थापन गरेका छौँ,’ उनले भने, ‘नयाँ भवन निर्माणका लागि डिपिआर बनाएर विभागमा पठाएका छौँ ।’ जोशीले १५ सय क्षमताको भवन निर्माणका लागि प्रतिवेदन पठाएको बताए ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशी, जिसस प्रमुख दुर्गादत्त बोहरा, नेपाल पत्रकार महासंघ अध्यक्ष सुरेशसिंह धामी, अधिकारकर्मी भगवती थापा आइतबार स्थलगत अनुगमनका लागि कारागार पुगेका थिए । कैदीबन्दीले बस्ने भवन, शौचालय, शुद्ध खानेपानीको माग राखेका थिए ।