Skip This
२७ अंकले घट्यो नेप्से
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २६ सोमबार
  • Monday, 11 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २६ सोमबार १६:o६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

२७ अंकले घट्यो नेप्से

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २६ सोमबार १६:o६:oo

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.९० अंकले घटेको छ । सोमबार नेप्से ०.९७ प्रतिशतले घटेर २८२२.४६ विन्दुमा आएको छ । 

नेप्से घट्दा १० अर्ब २१ करोड १ लाख ४२ हजार रुपैयाँ बराबरको २ करोड ५० लाख ९२ हजार ४९० कित्ता शेयर कारोबार भएको छ । बजार बन्द हुँदा ३० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२० वटा कम्पनीको शेयर मूल्य घटेको छ । 

सोमबार ३२४ वटा कम्पनी कारोबारमा आउँदा ९८ हजार ५२५ कित्ता शेयर कारोबार भएको छ । १३ समूह मध्ये सोमबार म्युचुअल फण्ड र अन्य समूह बाहेक सबै समूह राताम्य भएको छ ।