Skip This
एनआरएनए जर्मनीको अध्यक्षमा ढकाल, महासचिवमा गौतम निर्वाचित
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २६ सोमबार
  • Monday, 11 August, 2025
२o८२ श्रावण २६ सोमबार १६:१५:oo
Read Time : < 1 मिनेट
प्रवास डिजिटल संस्करण

एनआरएनए जर्मनीको अध्यक्षमा ढकाल, महासचिवमा गौतम निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २६ सोमबार १६:१५:oo

गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको अध्यक्षमा लोकमणि ढकाल र महासचिवमा सनतकुमार गौतम निर्वाचित भएका छन्।

०२५–२७ कार्यकालका लागि आइतबार भएको मतदानमा अध्यक्षका प्रतिस्पर्धी ज्योति राई र महासचिवका प्रतिस्पर्धी लोकेन्द्र सावालाई पराजित गर्दै ढकाल र गौतम निर्वाचित भएका हुन्।

अन्य पदाधिकारी र कार्यसमिति सदस्यहरू भने निर्विरोध निर्वाचित भइसकेका छन्। एनआरएनए जर्मनीको ४ साउन (२० जुलाई)मा बर्लिनमा सम्पन्न १२औँ अधिवेशनसँगै उम्मेदवारी दर्ता गरिएको थियो।

यसबिचमा सहमतिको प्रयास सफल हुन नसकेपछि दुई पदका लागि आइतबार २५ साउन (१० अगस्ट) का लागि निर्वाचन घोषणा गरिएको थियो। नयाँ कार्यसमितिका लागि दिलबहादुर गुरुङको संयोजकत्वमा निर्वाचन समिति रहेको थियो।