
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवासमा पार्टीका शीर्ष नेताहरूको बैठक जारी छ । महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समितिसँग देउवासहित पार्टीका शीर्ष नेताहरूले छलफल थालेका हुन् ।
बैठक अहिले पनि जारी रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । बैठकमा सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री विश्वप्रकाश शर्मासहित भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समितिका पदाधिकारीसँग सहभागी छन् ।
काँग्रेसका ७ भ्रातृ संस्थालाई महाधिवेशन गर्न पटक पटक म्याप थप गर्दा पनि नसरेपछि महाधिवेशन गर्न पार्टीले प्रतिनिधि तोकेको थियो । यसअघि शुक्रबार पनि देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गरेका थिए ।