Skip This
एन्फा यू–१६ लिगमा एपिएफको सानदार जित
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 11 August, 2025
Invalid date format १o:१o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एन्फा यू–१६ लिगमा एपिएफको सानदार जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:१o:oo

विभागीय टोली एपिएफ फुटबल क्लबले एन्फा यू–१६ युथ लिगमा सातदोबाटो युथ क्लबविरुद्ध ५–० को सानदार जित निकालेको छ । जितसँगै १३ खेलमा २३ अंक जोडेको एपिएफ आठौँ स्थानमा छ । १३ वटै खेलमा हार सामना गरेको सातदोबाटोको शून्य अंक छ । एपिएफलाई जित दिलाउन असिम खड्काले दुई गोल गरे । पूजन ढकाल, आदर्श मेचे र प्रशिष खनालले समान एक गोल गरे । 

खेलको १२औँ मिनेटमा पूजनको गोलबाट एपिएफले १–० को अग्रता लियो । खेलको ४३औँ मिनेटमा आदर्शले एपिएफलाई २–० को अग्रता दिलाए । खेलको ४५औँ मिनेटमा असिमले गोल गर्दा एपिएफ पहिलो हाफमै ३–० को स्थितिमा पुग्यो । प्रशिषले ५१औँ मिनेटमा गोल गर्दा एपिएफ ४–० ले अगाडि बढ्यो । खेलको ८०औँ मिनेटमा असिमले व्यक्तिगत दोस्रो गोल गरे । 

यसैगरी, आइतबारकै अर्कोको खेलमा नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबमाथि ३–० को सहज जित दर्ता गरेको छ । जितसँगै शीर्ष स्थानमा रहेको पुलिसले १३ खेलमा ३४ अंक जोडेको छ । पुलिसलाई जित दिलाउन समीर कुमारले दुई तथा प्रसन राईले एक गोल गरे । खेलको ३५औं मिनेटमा प्रसनले पुलिसलाई १–० अग्रता दिलाए । दिनको पहिलो खेलमा संकटा र हिमालयन शेर्पा १–१ को बराबरीमा रोकिए ।