Skip This
आचार्यको उपन्यास 'अहिल्या' माथि विमर्श 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २५ आइतबार
  • Sunday, 10 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २५ आइतबार १७:५१:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

आचार्यको उपन्यास 'अहिल्या' माथि विमर्श 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २५ आइतबार १७:५१:oo

साहित्यकार किरण आचार्यले लेखेको `अहिल्या´ उपन्यासको विमर्श गरिएको छ। आचार्य बन्धु समाज नेपाल चितवन कार्यसमितिले आयोजना गरेको कार्यक्रममा तीनजना स्रस्टाले समीक्षात्मक टिप्पणी राखे ।

देवघाटधामस्थित वेद वेदांग संस्कृत विद्यापीठमा आयोजना गरिएको कार्यक्रममा साहित्यकार आचार्यलाई सम्मान पनि गरिएको थियो। आचार्य बन्धु समाज चितवनका अध्यक्ष शंकर आचार्य र वेद वेदांग संस्कृत विद्यापीठका प्राचार्य एवं कार्यक्रमका प्रमुख अतिथि डाक्टर स्वामी अमृतानन्द गिरीले दोसल्ला ओढाएर साहित्यकार आचार्यलाई सम्मान गरे।

विमर्श कार्यक्रममा समीक्षक पुष्पराज खतिवडाले अहिल्या उपन्यासको बनोट र बुनोट पक्ष असाध्यै राम्रो भएको बताए। उनले अगाडि भने, `अहिल्याको नामकरण पनि नारी जातिलाई सम्मान हो। उपन्यासमा वेदान्तका कुराहरू धेरै छन्, यो धार्मिक आख्यानको पुनर्कथन हो।´ खतिवडाले यो उपन्यासमा महिलाको आत्मसंघर्षको कथा समेटिएको बताउँदै महिलालाई दोषी देख्ने सामाजिक दोषको भन्डाफोर गरिएको बताए।

त्यसैगरी, अर्का समीक्षक सन्तोष घिमिरेले यो उपन्यासले प्रकृतिलाई बुझ्न र प्रकृतिबाट वास्तविक ज्ञान लिन सकिन्छ भन्ने सन्देश दिएको बताए। त्यस्तै, समीक्षक गोविन्दगोपाल खतिवडाले अहिल्या उपन्यास नारीवादी चिन्तनको अभिलेख भएको बताए। `भाषामा सुबोध्यता, शैलीमा आलंकारिकता, स्रोतमा पौराणिकता, विचारमा दार्शनिकता एवं तार्किकता अनि उद्देश्यमा लैंगिक समानता नै अहिल्या उपन्यासको निचोड हो,' खतिवडाले भने।

कार्यक्रममा चितवनका प्रसिद्ध साहित्यकार उदय अधिकारीले शुभकामना मन्तव्य राख्दै पौराणिक उपन्यास अहिल्याको विमर्श देवघाटधाममा गरिनु महत्त्वपूर्ण पक्ष रहेको बताए। आचार्य बन्धु समाज चितवनका अध्यक्ष शंकर आचार्यले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिए। अहिल्या उपन्यासलाई शिखा बुक्सले प्रकाशन गरेको हो।