
नेपाली बजारमा एक तोला सुनको भाउ दुई लाखनजिक पुगेको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार एक हजार रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९९ हजार चार सय रुपैयाँ कायम भएको छ ।
बिहीबार एक तोला सुन एक लाख ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ । आज एक तोला चाँदीको मूल्य दुई हजार ३२५ रुपैयाँ पुगेको छ । बिहीबार प्रतितोला सुन दुई हजार ३१५ रुपैयाँमा खरिद–बिक्री भएको थियो ।