Skip This
मादक पदार्थ सेवनपछि विवाद हुँदा छुरा प्रहार, तीनजना घाइते
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 07 August, 2025
श्रवण थापा सर्लाही
Invalid date format १६:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मादक पदार्थ सेवनपछि विवाद हुँदा छुरा प्रहार, तीनजना घाइते

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
Invalid date format १६:५२:oo

नेपाल–भारत सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरामा दुई समूहबिच विवाद हुँदा तीनजना घाइते भएका छन्।
गएराति ९ बजेको समयमा बलरा नगरपालिका– १ मा दुई समूहबिच मादक पदार्थ सेवनपछि विवाद भएको प्रहरीले जनाएको छ। सोही क्रममा छुरा प्रहार हुँदा तीनजना घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

घाइते हुनेहरू सर्लाहीको बलरा नगरपालिका– १ बस्ने २५ वर्षका धर्मवीर सहनी, १८ वर्षका दशरथ सहनी र २५ वर्षका अमित मण्डल रहेका छन्। उनीहरूको पेट, घाँटी र हातमा चोट लागेको छ। घाइते तीनैजना उपचारपछि घर फर्किएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब निरीक्षक सरोज राईले जानकारी दिए।

छुरा प्रहार गर्ने भारतीय नागरिकहरू अमन सिंह, विकास सिंह, अटल राय र अवशेख सिंह घटनालगत्तै भारततर्फ फरार भएका छन्। भारतीय प्रहरीसँगको समन्वयमा उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।