Skip This
कोशी पर्यटन वर्षलाई सघाउन खाँदबारीमा ‘जात्रा महोत्सव’ 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 07 August, 2025
जात्रा महोत्सव बारे जानकारी दिदैं खाँदबारी युथ क्लबका अध्यक्ष सुरेन सुरेन शाक्य ।
नवीन गुरुङ संखुवासभा
Invalid date format १८:१o:oo
Read Time : < 1 मिनेट
प्रदेश

कोशी पर्यटन वर्षलाई सघाउन खाँदबारीमा ‘जात्रा महोत्सव’ 

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
Invalid date format १८:१o:oo

कोशी पर्यटन वर्ष सफल बनाउन संखुवासभाको सदरमुकाम खाँदबारीमा ‘जात्रा महोत्सव’ गरिने भएको छ। नेवार समुदायको बाहुल्यता रहेको खाँदबारीमा सांस्कृतिक पहिचान बोकेको गाईजात्रा तथा हिलेजात्राको दिन २५ र २६ साउनमा ‘विशेष जात्रा महोत्सव’ हुन लागेको हो। 

महोत्सव तयारीमा जुटेका खाँदबारी युथ क्लबका अध्यक्ष सुरेन शाक्यले जात्राको अवसरमा दुई दिनसम्म खाँदबारीमा राष्ट्रियस्तरका गायक गायिका तथा ब्यान्ड, लोकप्रिय हास्यकलाकार सन्दीप क्षेत्रीले मनोरञ्जन दिनेछन् भने विभिन्न जातजातिहरूको भेषभूषासहित झाँकी प्रर्दशनी, सांस्कृतिक कार्यक्रम र जातीय स्टलहरू राख्ने शाक्यले बताए। खाँदबारीमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी तथा कार्यक्रमबारे जानकारी दिइएको हो।

कोशी प्रदेश सरकारले ०८२ साललाई ‘कोशी प्रदेश पर्यटन वर्ष’ घोषणा गरेसँगै यसलाई सफल बनाउन खाँदबारीमा ‘गाईजात्रा तथा हिलेजात्रा महोत्सव’ आयोजना गर्न लागेको अध्यक्ष शाक्यको भनाइ छ। बजार सुनसान हुँदै गएको र आर्थिक चहलपहलसमेत खस्केकाले जात्रा महोत्सवमा जुटेको आयोजकको भनाइ छ। महोत्सवले स्थानीय कला, संस्कृति, परम्परा र पर्यटन प्रवर्धन गर्ने उद्देश्य छ।

गाईजात्रालाई नेवारी बाजा, भजन, परम्परागत नाचगान, जातीय परिकारहरूको प्रदर्शनी, हस्तकला र मौलिक परिकारहरूको स्वादसँग जोडेर प्रस्तुत गरिनेछ । साथै, महोत्सवमा खाँदबारी नगरपालिकाका विभिन्न टोल, वडा, स्थानीय संघ संस्था र विविध जातजातिको सक्रिय सहभागिता रहनेछ। ‘यो महोत्सव कोशी प्रदेशको पर्यटन वर्षलाई सफल बनाउने माध्यम मात्र नभई खाँदबारीको सांस्कृतिक र ऐतिहासिक सम्पदाको प्रचारप्रसार गर्ने, स्थानीय कलाकार र उद्यमीलाई प्रोत्साहन गर्ने र सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो,’ शाक्यले भने।

महोत्सवमा करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको क्लबका अध्यक्षको भनाइ छ। उनले महोत्सवले पर्यटकको आकर्षण बढाउनुका साथै रोजगारी सिर्जना, स्थानीय उत्पादनको खपत र सामाजिक एकतालाई समेत टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।