मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १९ सोमबार
  • Monday, 04 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १९ सोमबार १९:o६:oo
Read Time : < 1 मिनेट
समाचार

दुर्गा प्रसाईंलाई रिहा गर्न उच्च अदालतको आदेश 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १९ सोमबार १९:o६:oo

उच्च अदालत, पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तीनकुनेमा भएको आन्दोलनलाई हिंसात्मक बनाएको घटनामा थुनामा रहेका प्रसाईंलाई उच्च अदालतले तीन लाख धरौटीमा छाड्न भनेको हो। न्यायाधीश टंक गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले जिल्ला अदालतको आदेश उल्टाएको हो। 

जिल्ला अदालत, काठमाडौंको आदेशअनुसार उनी डिल्लीबजार कारागारमा छन्। प्रसाईंसहित सोही मुद्दामा थुनामा रहेका सुशील बराल, डन्डपानी न्यौपाने र सरोज गौतमलाई पनि धरौटीमा थुनामुक्त गर्ने आदेश भएको छ । 

त्यस्तै, उनीविरुद्धको बैंकिङ कसुर मुद्दामा पनि २५ हजार धरौटी माग भएको छ । बैंकको कर्जा अपचलनको आरोपमा उनीविरुद्ध १८ करोड बिगो कायम गरी मुद्दा दायर भएको थियो । उच्चका न्यायाधीशहरू सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले सो बैंकिङ कसुर मुद्दामा धरौटी माग गरेको हो।