मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 04 August, 2025
Invalid date format १६:३३:oo
Read Time : < 1 मिनेट
प्रवास

गैरआवासीय नेपाली संघ जर्मनीको अध्यक्ष र महासचिवका लागि मतदान हुने  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:३३:oo

गैरआवासीय नेपाली संघ (नारा)जर्मनीको २०२५–२७ कार्यकालका लागि अध्यक्ष र महासचिवबाहेकका पदाधिकारी र कार्यसमिति सदस्य निर्विरोध चयन भएका छन् । नेतृत्वसहित सबै पदमा सहमतिको प्रयास हुन नसकेपछि दुई पदका लागि २४ साउन(९ अगस्ट) शनिबार मतदान हुन लागेको हो । नारा जर्मनीको ४ साउन (२० जुलाई) मा बर्लिनमा १२औँ अधिवेशनसँगै उम्मेदवारी दर्ता गरिएको थियोे । 

नयाँ कार्यसमितिका लागि दिलबहादुर गुरुङको संयोजकत्वमा निर्वाचन समिति रहेको छ । समितिमा हेमराज जोशी, गोविन्दप्रसाद भण्डारी, विजय शाही सदस्य र विजय मोक्तान सदस्य सचिव छन् । निर्वाचन समितिका अनुसार अध्यक्षमा लोकमणि ढकाल र ज्योति राई प्रतिस्पर्धामा छन् । यसअघि अध्यक्षमा युवराज अधिकारी र कृष्ण देवकोटाले उम्मेदवारी फिर्ता गरेका थिए ।  महासचिवमा लोकेन्द्र साम्बा र सनतकुमार गौतम प्रतिस्पर्धामा छन् । निर्वाचन समिति संयोजक गुरुङका अनुसार शनिबार अनलाइनमार्फत मतदान हुनेछ । ‘सकेसम्म सहमति होस् भनेर प्रयास गर्दा केही समय लागेको हो,’ उनले नयाँ पत्रिकासँग भने,’अध्यक्ष र महासचिवबाहेकका पदमा निर्विरोध निर्वाचित भएको घोषणा भइसकेको छ । दुई पदका लागि आगामी शनिबार अनलाइन  मतदान हुने तय भएको छ ।’

निर्विरोध निर्वाचित हुनेमा उपाध्यक्षमा राजेश सुनार,सिजन दाहाल,लक्ष्मण जोशी र तुलसी श्रेष्ठ, सुनिता राई र ईश्वर श्रेष्ठ छन् । त्यस्तै, उपमहासचिव रामकला पन्त, कोषाध्यक्षमा प्रणिता कार्की,सह– कोषाध्यक्षमा मीरा पौडेल अधिकारी ,महिला संयोजकमा कल्पना वाग्ले र युवा संयोजकमा विलिमाया आले मगर निर्वाचित बनेछन् । कुम्भ रेग्मी आइसिसी सदस्य चयन भएका छन् ।

त्यस्तै,  कार्यसमिति सदस्यहरूमा रविन गौतम, शिवराम ढकाल, सरोज अधिकारी, कमल रावल, लक्ष्मीनारायण रिजाल, जीवनबाबु ढकाल, सञ्जिता ओली प्रसाईं, शिवकला गुरुङ, सुनिता थापा, किरणचन्द्र रायमाझी र निशा राई रहेका छन् । नारा जर्मनीमा ५८८ मतदाता छन् ।