मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 04 August, 2025
Invalid date format १५:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँच महिनामा चार हात्तीले जन्माए छावा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:o३:oo

चितवन राष्ट्रिय निकुञ्जमा रहेका चार हात्तीले छावा जन्माएका छन् । ०८१ चैतदेखि यता ती हात्तीले छावा जन्माएका हुन् ।
 
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार ०८१ चैत ८ गते रिमझिम कलीले दीपगज, ०८२ असार २८ गते लोकतन्त्रकलीले वेदगज, असार ३० गते तीर्थमानकलीले विभ्रकली र साउन ७ गते तमोरकलीले रामप्रितगज जन्माएका हुन् ।
 
निकुञ्जले सञ्चालन गरेको हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका हात्तीले छावा जन्माएका हुन् । हात्तीले गर्भधारण गरेको १८ देखि २२ महिनामा बच्चा जन्माउने गर्दछ । खोरसोरमा अब चितवनकली गर्भवती रहेको उनले जानकारी दिए । चितवनकलीले अबको दुई तीन महिनामा छावा जन्माउने उनले बताए ।
 
अहिले खोरसोरमा रहेका ६ वटा छावालाई तालिम दिइएको छ भने सातवटालाई तालिम दिन बाँकी रहेका छन् । अहिले निकुञ्जका विभिन्न स्थानमा गरी ५८ वटा हात्ती रहेका छन् । हात्तीले बच्चा जन्माउन लामो समय लाग्ने भएकाले जन्मिएका छावालाई विशेष रूपमा हेर्ने गरिएको छ । छावाको न्वारान विधिपूर्वक गरिने गरिन्छ ।
 
प्रजनन केन्द्रमा हुर्किएर तालिम दिएपछि हात्तीलाई निकुञ्जका विभिन्न सुरक्षापोस्टमा पठाउने गरिन्छ ।