मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १९ सोमबार
  • Monday, 04 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १९ सोमबार १४:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सांसद साहको प्रश्न– राजीनामा दिएपछि सबै पाप पखालियो ? [भिडियाेसहित]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १९ सोमबार १४:१८:oo

निरन्तर संसद् अवरोध गर्दै आएको रास्वपाका सांसद असिम साहले प्रधानमन्त्री केपी ओलीले आफूहरूलाई व्यवस्थाविरोधी भनेकोमा आपत्ति जनाएका छन्।

सोमबार प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै आफ्नो स्थानबाट उठेर विरोध जनाएको रास्वपालाई सभामुखले बोल्न समय दिएपछि साहले भने, ‘धुलो त ऐना हेर्ने तपाईंकै मन्त्रिपरिषद्का सदस्यहरूको अनुहारमा लागिरहेको छ, अनि ऐना देखाउने रास्वपालाई गाली गरेर हुन्छ त ?’ 

भिजिट भिसा प्रकरण जनताले नबिर्सने भन्दै सांसद साहले मानव तस्करी गर्नेहरूको फाइल कहाँ पुग्यो भनी गृहमन्त्रीलाई प्रश्न गरे। 

राजीनामा भ्रष्टाचारको अपराधबाट मुक्ति पाउने गंगास्नानजस्तो भएको भन्दै उनले भने, ‘यो कस्तो नयाँ परम्परा हो ? भ्रष्टाचारको अडियो बाहिरियो, घुस मागेको प्रमाण आयो अनि राजीनामा दिएपछि सबै पाप पखालियो ? राजीनामा भनेको त भ्रष्टाचारको अपराधबाट मुक्ति पाउने गंगास्नान पो भएछ।’