
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको तर्फबाट प्रमुख स्वकीय सचिव छत्र लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाका प्रमुख स्वकीय सचिव बलराम गैरेमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका छन् ।
प्रमुख स्वकीय लामाले सोमबार प्रदेश प्रमुखको कार्यालयमा पुगेर राजीनामा बुझाएका हुन् ।
सोमबार बहादुरको तर्फबाट उनका स्वकीय सचिव छत्रबहादुर लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाका प्रमुख स्वकीय सचिव बलराम गैरेमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र पेस गरेका हुन् ।
लामाले आइतबार नै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । लामाले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।