मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 04 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कुलिङ पिरियड : सभापतिसहित सत्तापक्षीय सदस्य सम्पर्कविहीन, समितिमा खोज्दै विपक्षी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:३o:oo

कुलिङ पिरियड जालझेल छानबिन गर्न गठित विशेष समितिका सभापति र सत्तापक्षीय सदस्य सम्पर्कविहीन भएका छन्।

प्रतिवेदन लेखनको क्रम चल्दै गर्दा १ बजेतिर खाना खान निस्किएका सभापति जीवनबहादुर परियारसहित सत्तापक्षीय चार सदस्य अहिले सम्पर्कमा नरहेका विपक्षीले बताएका छन्।

विपक्षी माओवादी, रास्वपा र राप्रपा सांसद उनीहरूलाई कुरिरहेका छन्। राप्रपाकी रोशन कार्कीले भनिन्, ‘चारपटक फोन गरिसकेँ, सभापतिको फोन नै उठेन।’

रास्वपाका गणेश पराजुलीले आफूहरू सभापतिसहित सत्तपक्षीय सदस्यहरूलाई कुरिरहेको बताए। तर, फोनसम्पर्क हुन नसकेको उनको भनाइ छ। सत्ता र प्रतिपक्षीबिच दोषी किटान र कारबाहीमा कुरा मिलेको छैन।