मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १८ आइतबार
  • Sunday, 03 August, 2025
२o८२ श्रावण १८ आइतबार ११:१o:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जुम्लाबाट पाँच वर्षमा ८६५ टन जडीबुटी निकासी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १८ आइतबार ११:१o:oo
  • जडीबुटी निकासी तथा काठ लिलामलगायत शीर्षकबाट ३ करोड ३ लाख ८६ हजार रुपैयाँ राजस्व संकलन

जडीबुटीको प्रचुर सम्भावना भएको जुम्लाबाट पाँच वर्षमा ८६५.३१ टन जडीबुटी निकासी भएको छ । कर्णाली प्रदेशका जुम्ला, डोल्पा, हुम्ला, मुगु र जाजरकोट जडीबुटीमा आत्मनिर्भर जिल्ला हुन् । यहाँ पाइने विभिन्न ७९ प्रकारका जडीबुटी कर्णाली प्रदेशले कच्चा पर्दाथका स्वदेश तथा विदेशमा पठाउने गरेको छ । 

यसमध्ये यार्सागुम्बा, घुच्ची च्याउलगायत २२ प्रकारका जडीबुटी जुम्लाबाट निकासी भइरहेका छन् । जुम्लाबाट बढी मात्रामा निकासी हुने जडीबुटीमा टिमुर, रिट्ठा, काउलो, कुट्की, खिरौला, चुत्रो, तेजपातलगायत छन् ।

डिभिजन वन कार्यालय जुम्लाको पाँच वर्षको तथ्यांकअनुसार आर्थिक वर्ष ०७६/७७ देखि ०८१/८२ सम्मको तथ्यांकलाई हेर्दा जुम्लाबाट आठ सय ६५ टन ३१ क्विन्टल जडीबुटी जुम्लाबाट निकासी भएको देखिन्छ, जसमा आव ०८०/८१ को तथ्यांक छैन । त्यो वर्ष जुम्लामा जडीबुटी संकलनको अनुमति दिइएको थिएन ।

आव ०८१/८२ मा मात्रै ६७.७५ टन जडीबुटी संकलन तथा निकासी भएको डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरतबहादुर बुढ्थापाले बताए । आर्थिक वर्ष ०७६/७७ मा १८५ टन ३७ क्विन्टल जडीबुटी निकासी भएको थियो भने आव ०७७/७८ मा २०२ टन, आव ०७८/७९ मा भने एक टनले घटेर २०१ टन जुम्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा निकासी भएको थियो । त्यसैगरी, आव ०७९/८० मा अहिलेसम्मकै उच्च २०९ टन १९ क्विन्टल जडीबुटी निकासी भएको थियो । पाँच वर्षमा आठ सय ६४ टन ६७ क्विन्टल जडीबुटी निकासी हुँदा जुम्लामा कति रकम भित्रियो र किसानले कति कमाए भन्ने ठोस तथ्यांक छैन । मूल्यमा एकरूपता नहुँदा र व्यापारीले किसानसँग समझादारीमै कतै बढी त कतै कम मूल्य दिएर जडीबुटी खरिद–बिक्री हुने कारणले पनि तथ्यांक उपलब्ध हुन नसकेको हो । 

यद्यपि, जडीबुटी निकासी तथा काठ लिलामलगायत शीर्षकबाट पाँच आवमा ३ करोड ३ लाख ८६ हजार रुपैयाँ राजस्व संकलन भएको छ । जसमा गत आवमा मात्रै ६७ टन जडीबुटी निकासीबाट एक करोड ५८ लाख ५४ हजार राजस्व संकलन भएको संकलक प्रमुख बुढ्थापाले जानकारी दिए । त्यसैगरी, आर्थिक वर्ष ०७६/७७ मा ३२ लाख, ०७७/७८ मा २९ लाख ७४ हजार, ०७८/७९ मा ३५ लाख ५८ हजार र ०७९/८० मा जडीबुटी निकासीबापत ४६ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।