मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 02 August, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १६:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपत्यकामा आपराधिक क्रियाकलापविरुद्धको ‘अपरेसन’ नरोकिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १६:४९:oo

प्रहरीले आपराधिक क्रियाकलापविरुद्धको अभियान  नरोक्ने स्पष्ट पारेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले गुन्डाहरूको गतिविधि निस्तेज पार्न काठमाडौंभरि नै अपरेसन जारी रहेको बताए।

गुन्डाहरूले टाउको उठाउने ठाउँ पाउनेछैनन्, हाम्रो अपरेसन जारी छ, काठमाडौंमा यस्ता अवाञ्छित गतिविधि गरेकाहरूको नामावली संकलन भइसकेको छ, खोजीखोजी कारबाहीको दायरामा ल्याइँदै छ, अधिकारीले भने ।

उक्त अभियानअन्तर्गत प्रहरीले शुक्रबार काठमाडौँको महराजगञ्जस्थित होटेल साम्बालाबाट ४७ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका ४७ जनामध्ये चक्रे मिलन भनिने मिलन गुरुङसहित १९ जनामाथि सार्वजनिक हितविपरीत गतिविधि गरेको कसुरमा मुद्दा दर्ता गरी सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको उनले बताए।

अन्य बाँकी २८ जनालाई भने प्रहरीमा हाजिर हुने गरी छाडिएको र उनीहरूमाथि पनि अनुसन्धान भने जारी रहेको उनले बताए । अधिकारीले भने, १९ जनाविरुद्ध अन्य उजुरीहरू आउन सक्ने भएकाले जोकोहीले पनि उजुरी दिन सक्नुहुन्छ, उनीहरू अन्य के-के अपराधमा संलग्न छन् भनेर पनि खोजी भइरहेको छ। छाडिएकाको हकमा पनि अनुसन्धान जारी नै छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा काठमाडौंमा आपराधिक गतिविधिविरुद्धको अपरेसन जारी  रहेको प्रहरीले जनाएको छ।