मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १७ शनिबार
  • Saturday, 02 August, 2025
२o८२ श्रावण १७ शनिबार १४:३१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

लोथरमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १७ शनिबार १४:३१:oo

चितवनको लोथर खोला र राप्ती दोभानको किनारमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरिने भएको छ । सो स्थानमा अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन विस्तार गरी भण्डारण गृह निर्माण गरिने भएको हो ।

भण्डारण गृह बनाउन राप्ती नगरपालिका–१ मा २३ विगाहा १२ कट्ठा जमिन नेपाल आयल निगमले खरिद गरेर साइट अफिस सञ्चालनमा ल्याइसकेको छ । चितवन र मकवानपुर जोड्ने लोथर पुलबाट ७०० मिटर पश्चिम लोथर खोलाको बाँध सम्म नियमले जग्गा लिएको हो ।

नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशनको सहकार्यमा १५ अर्ब रुपैयाँ लगानीमा अमलेखगञ्ज लोथर पेट्रोलियम पाइपलाइन तथा भण्डारण गृह निर्माण गरिँदै छ ।

आयल निगमले १० अर्ब र इन्डियन आयल कर्पोरेशनले पाँच अर्ब लगानी गरेर परियोजना सम्पन्न गर्न लागिएको हो । जग्गा खरिदमा ६० करोड खर्च भइसकेको छ भने १० करोडमा थप जग्गा खरिद प्रक्रियामा रहेको आयोजनाले जनाएको छ ।

आधुनिक प्रविधिबाट ग्रिनफिल्ड टर्मिनल निर्माण गर्न लागिएको हो । ६२ किलोमिटर लामो पाइपलाइन निर्माण गरी जुनसुकै बेला तीन हजार २०० किलोलिटर इन्धन क्षमताको भण्डारण गृह निर्माण गर्न लागिएको हो । वार्षिक दुई करोड टन इन्धन ढुवानी गर्न सक्ने क्षमताको पाइप लाइन बनाउन लागिएको हो । तीन वर्षभित्रमा काम सक्ने जनाइएको छ ।

सो भण्डारण गृह निर्माण गर्दा लोथर खोला र राप्ती नदीमा बलियो तटबन्धन निर्माण हुने स्थानीयवासीले आशा गरेका छन् । यससँगै रोजगारी प्राप्त हुने र व्यवसाय सञ्चालन गर्न सकिने उनीहरुको विश्वास छ ।

वडाध्यक्ष सिद्धिलाल स्याङतानले भण्डारण गृह बनेसँगै पूर्वी चितवन बाढीबाट सुरक्षित हुने बताए ।

दैनिक पाँच सयभन्दा बढी ट्यांकर ओहोरदोहोर गर्ने भएकाले यहाँका सानातिना होटल, रेष्टुरेन्ट, लजलाई फाइदा पुग्ने उनको भनाइ छ