मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 02 August, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १२:o१:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कञ्चनपुरमा १.८० अर्ब बजेट फ्रिज

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १२:o१:oo
  • संघ, प्रदेश र स्थानीय तहको बजेटबाट जिल्लास्थित ८७ कार्यालयमा १७ अर्ब १४ करोड बजेट विनियोजित, तर १५ अर्ब ३४ करोड मात्रै खर्च

आर्थिक वर्ष ०८१/८२ मा कञ्चनपुरमा विनियोजित बजेटमध्ये खर्च हुन नसकी एक अर्ब ८० करोड १७ लाख ३४ हजार ८० रुपैयाँ फ्रिज (फिर्ता) भएको छ । 

संघमातहतको कोष तथा लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा इकाइबाट प्राप्त तथ्यांकअनुसार जिल्लास्थित ८७ सरकारी कार्यालयले गत आवमा ८९.४९ प्रतिशत रकम खर्च गरेका छन् । संघ, प्रदेश र स्थानीय तहबाट विनियोजित कुल १७ अर्ब १४ करोड ५५ लाख १७ हजार चार सय १० मध्ये १५ अर्ब ३४ करोड ३७ लाख ८३ हजार तीन सय ३० रुपैयाँ खर्च भएको दुवै कार्यालयबाट प्राप्त तथ्यांकमा उल्लेख छ । 

संघीय बजेटमार्फत चालूतर्फ नौ अर्ब ७३ करोड १५ लाख र पुँजीगततर्फ चार अर्ब २९ करोड १५ लाख गरी कुल १४ अर्ब दुई करोड ३० लाख बजेट जिल्लास्थित कार्यालयमा विनियोजन भएको थियो । त्यसमध्ये १३ अर्ब ११ करोड ३५ लाख खर्च भई ९० करोड ९५ लाख फ्रिज भएको कोलोनिकाले जनाएको छ ।

प्रदेश लेखा इकाइकोे तथ्यांकअनुसार चालूतर्फ एक अर्ब ५२ करोड ३९ लाख र पुँजीगततर्फ एक अर्ब ५९ करोड ८४ लाख गरी कुल तीन अर्ब १२ करोड २४ लाख विनियोजन भएको थियो । त्यसमध्ये दुई अर्ब २३ करोड २३ लाख खर्च भई ८९ करोड २२ लाख फ्रिज भएको प्रदेश लेखा इकाइले जनाएको छ ।

कोलोनिका, कञ्चनपुरकी सूचना अधिकारी सबिना वनले देशभरिमध्ये कञ्चनपुरमा तुलनात्मक रूपले धेरै बजेट खर्च भएको बताइन् । उनले खर्च गर्ने क्षमतामा निपुणता नभएकाले केही बजेट फिर्ता भएको जानकारी दिइन् । त्यस्तै, प्रदेश लेखा इकाइ, कञ्चनपुरका सूचना अधिकारी वीरबहादुर ऐरले ढिलो गरी खर्चको अख्तियारी प्राप्त भएको तथा प्रशासनिक समस्याले पनि पूरै खर्च हुन नसकेको बताए ।

योजना सम्पन्न गर्न सम्बन्धित कार्यालय र कर्मचारीमा इच्छाशक्तिको अभावका कारण पनि बजेट फिर्ता जाने गरेको उनको भनाइ छ । कञ्चनपुरका सरकारी कार्यालयले असारमा मात्रै तीन अर्ब १२ करोड खर्च गरेको दुवै निकायबाटै प्राप्त तथ्यांकमा उल्लेख छ । असारमा मात्रै गरिएको खर्च कुल विनियोजित बजेटको १८.२१ प्रतिशत हो । 

संघीय बजेटतर्फबाट चालूमा एक अर्ब १५ करोड १७ लाख र पुँजीगतमा एक अर्ब १२ करोड ४२ लाख गरी कुल दुई अर्ब २७ करोड ६० लाख रुपैयाँ खर्च भएको थियो । त्यस्तै, प्रदेश बजेटबाट चालूतर्फ ३८ करोड ८५ लाख र पुँजीगततर्फ ४५ करोड ८४ लाख गरी कुल ८४ करोड ६९ लाख खर्च भएको थियो ।

जिल्लाको वृद्धि विकासका लागि कञ्चनपुरमा आएको बजेट फ्रिज जाँदा यहाँका स्थानीय चिन्तित भएका छन् । फ्रिज हुने बजेटका कारण जिल्लाको विकास निर्माणमा समेत बाधा उत्पन्न भएको स्थानीयको भनाइ छ । विकास निर्माणका लागि जिल्लामा आएको बजेट सदुपयोगमा स्थानीयले जोड दिएका छन् ।