मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १३ मंगलबार
  • Tuesday, 29 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण १३ मंगलबार o८:५८:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

विश्व टिम टेबलटेनिसको छनोट नेपालमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण १३ मंगलबार o८:५८:oo

नेपालले विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली छनोट प्रतियोगिता आयोजना गर्दै छ । अखिल नेपाल टेबल टेनिस संघले छनोट प्रतियोगिता १४ देखि १५ साउनसम्म हुने छ । यसअघि संघले सन् २०२४ को पेरिस ओलम्पिकअन्तर्गत दक्षिण एसियाली छनोट आयोजना गरेको थियो । त्यसपछि संघले विश्वस्तरको छनोट प्रतियोगिता आयोजना गर्न लागेको यो दोस्रोपटक हो । लैनचौरको राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने दक्षिण एसियाली छनोटमा भुटान र पाकिस्तानले भाग लिएका छैनन् । 

आयोजक नेपालसहित पाँच राष्ट्र ३४ खेलाडीको सहभागिता रहने प्रतियोगिता निर्देशकसमेत आयोजक संघका महासचिव कुवेरप्रकाश सिंहले सोमबार जानकारी दिएका छन् । छनोटमा भारतबाट सर्वाधिक १० खेलाडी सहभागी हुनेछन् । नेपाल, श्रीलंका, बंगलादेश र माल्दिभ्सबाट समान आठजना खेलाडीले भाग लिनेछन् । नेपालबाट समान चार पुरुष र महिला खेलाडीले प्रतिस्पर्धा गर्ने सिंहले बताए । पुरुषमा संयोग कपाली, रुबिन महर्जन, राजीव चिकन्बन्जार र गनन्जय दाहालले प्रतिस्पर्धा गर्नेछन् । महिलामा वियंका राई, इभाना थापा, नविता श्रेष्ठ र योङगी पौडेल रहेका छन् । 

राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा पहिलो हुने पुरुष र महिला टोलीले विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि छनोट हुनेछन् । विश्व टिम टेबलटेनिस च्याम्पियनसिप इंग्ल्यान्डमा सन् २०२६ को सेप्टेम्बरमा हुनेछ । संघका अध्यक्ष वृजेन्द्रबहादुर हमालले बुधबारदेखि सुरु हुने प्रतियोगिता नेपाली टेबलटेनिसको ठुलो प्रतियोगितामध्येको एक भएको बताए । प्रतियोगिता सञ्चालन गर्न ३५ लाख ४५ हजार खर्च हुने उनले बताए ।