मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १३ मंगलबार
  • Tuesday, 29 July, 2025
२o८२ श्रावण १३ मंगलबार १६:५८:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कांग्रेस बागमती संसदीय दलको नेता चयनका लागि प्रदेश सहमहामन्त्री श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १३ मंगलबार १६:५८:oo

बागमती प्रदेशमा कांग्रेसको संसदीय दलको नयाँ नेता चयन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। मंगलबार हेटौंडामा बसेको कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरेको हो।

सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा गठित समितिमा सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोल सदस्य रहेका छन्। समितिको आजै बस्ने बैठकले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने बताइएको छ। प्रारम्भिक तयारीअनुसार संसदीय दलको नेताको निर्वाचन बुधबार (साउन १४ गते) गरिने बुझिएको छ।

मुख्यमन्त्रीसमेत रहेका कांग्रेस बागमती संसदीय दलका नेता बहादुर सिंह लामा तामाङ अविश्वास प्रस्तावमार्फत पराजित भएपछि यो प्रकृया अघि बढाइएको हो। 
मंगलबार दिउँसो प्रदेश सभामा भएको मत विभाजनमा ३५ सदस्य रहेको कांग्रेस संसदीय दलका २१ सांसदले लामाविरुद्ध मत दिएका थिए। १५ सांसद मात्र लामाको पक्षमा देखिएका थिए।

संसदीय दलको नेता पद रिक्त भएपछि नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अघि बढाइएको हो। हाल बागमती प्रदेश कांग्रेसको सभापतिमा रहेका इन्द्रबहादुर बानियाँ स्वयं नेताको प्रतिस्पर्धामा छन्। बानियाँकै अगुवाइमा लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो।