मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 27 July, 2025
खडेरीले गाउँका चापाकल, धारामा पानी सुक्न थालेपछि सिरहा गोलबजार नगरपालिका–१० चोहर्वा कुर्मीटोलका ३७ वर्षीय कमलेश रायले आफ्नै आँगनमा जडान गरेको डिप बोरिङ्बाट जेनरेटरले पानी तानेर करिब डेढ सय घरधुरीलाई खुवाउन थालेका छन् ।
Invalid date format १७:२o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

खडेरीमा बिजुली अनियमित हुँदा खानेपानीका लागि जेनेरेटरको भर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२o:oo

लामो समयदेखिको खडेरीले मध्य बर्खामा गाउँमा रहेका चापाकल, धारामा पानी सुक्न थालेपछि सिरहाको गोलबजार नगरपालिका १० चोहर्वा कुर्मीटोलका बासिन्दा छिमेकीको जेनरेटरले तानेको पानीको भर पर्न बाध्य भएका छन् । 

खडेरीको बेलामा पानीको स्रोत सुक्न थालेसँगै पानीको अभाव हुन थालेपछि स्थानीय करिब ३७ वर्षीय कमलेश रायले आफ्नै घरको जेनरेटरले पानी तानेर गाउँका करिब डेढ सय घरधुरीलाई खुवाउन थालेका छन् । ‘गाउँमा खानेपानीको चापाकल, इनारमा समेत पानी सुक्न थालेपछि आफ्नै प्रयोजनका लागि निजी खर्चमा गाडेको बोरिङ्को पानी तानेर गाउँलेहरुलाई खुवाउन थालेको छु’ उनले भने ‘हरेक दिन बिहान बेलुका तीन/तीन घण्टा जेनरेटर चलाएर पानी वितरण गरिरहेको छु ।’ 

बिजुली नियमित हुँदा हरेक घरमा रहेको विद्युतीय मोटरबाट पानी तानेर काम चलाउन सकिने भएपनि बिजुली नै अनियमित भएकाले समस्या चर्किंदै गएको उनले बताए । ‘बिजुली आएपनि भोल्टेज नपुग्ने हुनाले दैनिक करिब एक हजार पाँच सय रुपैयाँ खर्च गरेर किनेको डिजल हालेर खानेपानीका लागि जेनरेटर चलाउँदै आएको छु’ उनले भने । 

खडेरीले आफ्नो घरमा रहेको चापाकलमा पानी राम्ररी छोडेको गुनासो गर्दै स्थानीय करिब ४९ वर्षीय महेन्द्र मण्डलले भने ‘व्यक्तिगत खर्च गरेर रायले किनेको डिजेलबाट चलाएको जेनरेटरले तानेको पानीले गाउँलेहरुको प्यास मेटाउँदै आएका छन्’ उनले भने ‘जेनरेटरको आवाज सुन्ने बित्तिकै गाउँलेहरु लाइन लागेर पानी भरेर लैजान्छन् ।’ 

बिजुली अनियमित कटौती हुने र आक्कल झुक्कल बिजुली आएपनि भोल्टेज नपुग्दा हैरान भएको स्थानीय मोहन महतोले गुनासो गरे । ‘हाम्रो पीडा न स्थानीय सरकारले न प्रदेश र संघीय सरकारले सुन्यो’ उनले भने ‘बिजुली अनियमित हुँदा खानेपानीसँगै विद्युतीय मोटर चलाउन नपाउँदा खेतीपाती पनि गर्न पाइएको छैन ।’

खडेरीको कारणले बढ्दो गर्मीसँगै लोडसेडिङ् हुँदा भोल्टेजमा समस्या आउने गरेको नेपाल विद्युत प्राधिकरण मिर्चैया शाखाका सुपरभाइजर सन्तोष कुमार ठाकुरले बताए । ‘हाम्रो वितरण केन्द्रमा लोडसेडिङ् त छैन तर अन्यत्रको समस्याले भोल्टेज तलमाथि भइरहेको छ’ उनले भने ।