मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ११ आइतबार
  • Sunday, 27 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ११ आइतबार १७:१९:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन सम्पन्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ११ आइतबार १७:१९:oo

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेल्स कन्भेन्सन २०८२ भव्यताका साथ सम्पन्न गरेको छ। सेल्स कन्भेन्सनमा देशभरका प्रोभिन्स हेड, रिजनल म्यानेजर, शाखा प्रमुख, सेल्स एक्जुकेटीव, ब्रान्च अपरेशन, विभागीय प्रमुख, उच्च व्यवस्थापन लगायत संचालक समितिका पदाधिकारीसहित करिब २०० कर्मचारीहरु उपस्थित थिए। 

कार्यक्रममा भारतका सेल्स ट्रेनर अनिलकुमार झाले व्यक्तित्व विकास, अभिकर्ता निर्माण लगायत सेल्ससम्बन्धी विशेष ट्रेनिङ दिनुका साथै जीवन बीमा क्षेत्रमा सिकेको आफ्नो ३० बर्षभन्दा बढिको अनुभव बाँडेका थिए। आव २०८२–८३ का लागि ‘वि क्यान’ थिमलाई मूलमन्त्रका रुपमा आत्मसात गर्दै सम्पूर्ण कर्मचारीहरु एकजुट भएर लक्ष्य प्राप्तिका लागि अघि बढ्ने प्रण गरेको कम्पनीले जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले जीवन बीमा क्षेत्रमै ऐतिहासिक सफलता हासिल गर्न आफ्नो अमूल्य योगदान दिने सम्पूर्ण कर्मचारीहरुलाई कृतज्ञता व्यक्त गर्दै सदैव कम्पनीको मूल्य र मान्यतामा रहेर काम गर्न जोड दिए। बीमितको हित नै कम्पनीको हित भन्ने मूल मन्त्र लिन उनले हौसला दिए। कम्पनीका चिफ बिजनेश अफिसर, फर्शुराम मरासिनीले कम्पनीको बार्षिक व्यवसायिक समिक्षा र आगामी रणनीतिका बारेमा प्रष्ट पार्दै लक्ष्य प्राप्तिका लागि अघि बढ्न कर्मचारीहरुलाई प्रेरित गरे।

कार्यक्रममा प्रथम बीमाशुल्क,बीमालेखको बिक्री संख्या, सक्रिय अभिकर्ता निर्माण र सबैभन्दा बढि दिन नियमित ब्यवसाय गर्ने तथा तोकिएको  ब्यवसायिक  लक्ष्य हासिल गर्ने उत्कृस्ट १२९ कर्मचारीहरुलाई बिभिन्न बिधामा कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई, संचालक हेमन्त नाहाटा, चुडामणि देवकोटा, प्रमुख कार्यकारी अधिकृत, प्रकाश बिक्रम खत्री तथा चिफ बिजनेश अफिसर फर्सुराम मरासिनि लगायतले सम्मान गरेका थिए।  

बेस्ट इम्प्लोइ अफ दि इयरअन्तर्गत ५ बिधामा क्रमशः प्रदेश ७ का प्रमुख मोहन पुरी, रिजनल म्यानेजरअन्तर्गत सुदूरपश्चिम हिलबाट रामप्रसाद उपाध्याय, ब्रान्च म्यानेजरअन्तर्गत दैलेख ब्रान्चबाट रबिन्द्र प्रसाद शर्मा, ब्रान्च अपरेशनअन्तर्गत नयाँबानेश्वोर शाखाबाट सन्जय सुन्दास र सेल्स एक्जुकेटिवअन्तर्गत बुटवल पाल्पारोड शाखाबाट सन्तोष ज्ञवाली सर्वोत्कृस्ट भए।