मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 29 July, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १२:३६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

गाजामा भोकमरीका कारण १२४ को मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १२:३६:oo

गाजामा इजरायलले खाद्यान्न आपूर्तिमा अवरुद्ध गर्दा बालबालिकाहरू नुन खाएर भोक मेट्न बाध्य भएका छन् ।

इजरायल-हमास युद्ध सुरु भएको २२ महिनामा हालसम्म भोकमरीका कारण १२४ जनाको मृत्यु भइसकेको छ, जसमध्ये ८१ जना बालबालिका छन्। केवल जुलाई महिनामै भोकका कारण ४० जनाको मृत्यु भएको छ, तीमध्ये १६ बालबालिका छन्।

गाजामा रिपोर्टिङ गरिरहेका पत्रकारहरूका अनुसार त्यहाँ ५० ग्रामको बिस्कुटको मूल्य एक हजार रुपैयाँभन्दा बढी पर्ने अवस्था छ । नगद पैसा झिक्नका लागि ४५ प्रतिशतसम्म कमिसन दिनुपर्छ। इजरायलले विदेशी पत्रकारहरूलाई प्रवेश निषेध गरेका कारण त्यहाँबाट स्थानीय सञ्चारकर्मीहरूले रिपोर्टिङ गरिरहेका छन् ।

बालबालिकालगायतका मानिसहरू नुन चाटेर र पानी पिएर पेट भर्नुपर्ने बाध्यतामा छन्। एक पत्रकारका अनुसार २१ महिनामा उनको तौल ३० किलोले घटेको छ, उनी थकान र रिँगटासँग जुधिरहेका छन्।