मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १३ मंगलबार
  • Tuesday, 29 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १३ मंगलबार ११:३८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लिटमस केबल्सले गर्‍यो पावर पार्टनर्स मिट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १३ मंगलबार ११:३८:oo

वायर तथा केबल उद्योग लिटमस इन्डस्ट्रिजले तेस्रो ‘पावर पार्टनर्स मिट २०८२’ कार्यक्रम गरेको छ । कार्यक्रममा देशभरबाट करिब दुई सयजना डिलर, वितरक तथा च्यानल पार्टनरको उपस्थिति रहेको थियो, जसमा कम्पनीको प्रस्तुति, डिलरसँगको प्यानल छलफल तथा उपलब्धिमूलक नेटवर्किङ सेसनको आयोजना गरिएको थियो । लिटमसले आफ्नो पाँच दशक लामो यात्रा, वर्तमान बजार उपस्थिति, प्रमुख उपलब्धि र भावी योजना प्रस्तुत गर्दै गुणस्तर, अत्याधुनिक प्रविधि र नवप्रवर्तनप्रतिको आफ्नो प्रतिबद्धता व्यक्त गरेको थियो ।

उत्कृष्ट योगदानको कदरस्वरूप कम्पनीले राइजिङ स्टार, पेमेन्ट एक्सिलेन्स, लिटमस एक्सिलेन्स अवार्डसहित १० विधामा देशभरका उत्कृष्ट डिलरलाई सम्मानित पनि गरेको छ । यसले कम्पनीको सफलता र समृद्धिमा विश्वास, सहकार्य र बलियो साझेदारीको महत्वलाई अझ प्रस्ट पारेको कम्पनीले जनाएको छ । त्यसै अवसरमा लिट्मसले ‘श्रावण उत्सव’ अभियानको पनि घोषणा गरेको छ । जसअन्तर्गत डिलरले आकर्षक स्किममार्फत दुबई र थाइल्यान्ड भ्रमण तथा चाँदीका सिक्का जित्ने अवसर प्रदान गर्ने जानकारी गराएको थियो ।