मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 27 July, 2025
Invalid date format १७:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ताप्लेजुङको पाथीभरा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वडाबाट वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:३o:oo

पाथीभरा याङवरक गाउँपालिकाले वडामै पुगेर सामाजिक सुरक्षाभत्ता वितराण गरेको छ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकामा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण गरिएको हो। सामाजिक सुरक्षा भत्ता वितरण गर्नकै लिागि वडा-वडामा नै एकीकृत घुम्ती शिविर सञ्चालन गरि भत्ता दिइएको हो। 

बैंक प्रणालीमार्फत सुरक्षाभत्ता प्रत्येक व्यात्तिको खातामा जम्मा हुने प्रावधान रहे पनि बैकको उपस्थितिमा प्रत्येक वडामा सुरक्षाभत्ता वितरण गरिएको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडाध्यक्ष जितमान तामाङले जानकारीदिए। 
प्रवक्ता तामाङले वडा/वडामा पुगेर एकीकृत घुम्ती शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता र ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणसमेत गरिएको जानकारी दिए।

उनका अनुसार सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने र स्वास्थ्य परीक्षणसमेत करिब ७०० जनाले शिविरमार्फत सेवा प्राप्त गरेका छन्। उक्त संख्यामध्ये ५१९ जना लाभग्राहीले सामाजिक सुरक्षाभत्ता प्राप्त गरेको तामाङले बताए। यस्तै, ज्येष्ठसहित ६० वर्षभन्दा माथिका १८० जना नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ। 

एकीकृत घुम्ती शिविरमार्फत वडा–१, नाङ्खोल्याङमा ११८ जना सामाजिक सुरक्षाभत्ता लिएका थिए भने सोही वडाबाट २२ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको थियो। वडा–३ तिरिंगेमा लाभग्राही ९१ जनालाई सामाजिक सुरक्षाभत्ता वितरण साथै ६० वर्षमाथिका ४५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो।