मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 27 July, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १o:o९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुदूरपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन अझै अन्योल 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १o:o९:oo

सुदुरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को निर्वाचन अन्यौलतातर्फ धकेलिएको छ। स्वतन्त्रसहितका विद्यार्थी संघ संगठनहरुले विभिन्न एजेण्डा अघि सार्दै आएका छन् । उम्मेदवारी दर्ताकै दिन अनेकन वादविवाद उत्पन्न हुन थालेपछि चुनाव हुनेमा शंका उब्जिन थालेको छ । सुप विश्वविद्यालय स्थापनादेखि हालसम्म चुनाव भएको छैन। यसअघि पनि पटकपटक चुनावको मिति तोकेर स्थगित हुँदै आएको छ। साउनको १४ गते हुने भनिएको चुनाव पनि हुने नहुने अन्यौल छ ।  

पहिलो चुनावी कार्यतालिका अनुरुप उम्मेदवारी दर्ताकै दिन ६ साउनमा तालाबन्दी गरेको सत्ताधारी नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले ताला खोलेको छ । 
 ९ साउनमा निर्वाचन कार्यतालिका संशोधित गरेर बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मका लागि उम्मेदवारी दर्ताको कार्यतालिका तोकिएको थियो । कार्यतालिका अनुरुप पहिलो नम्बरमा अखिल क्रान्तिकारी उम्मेदवारी दर्ता गर्न गएको थियो।अखिल क्रान्तिकारीले उम्मेदवारी दर्ताका लागि निवेदन दिएलगत्तै अनेरास्ववियुलगायत स्वतन्त्र विद्यार्थी संगठनले मनोनय दर्ताका लागि केही समय माग गरेपछि स्थगित भएको थियो ।

अखिल क्रान्तिकारीका नेता भीम भट्टले आफुहरुले उम्मेदवारी दर्ताका लागि निवेदन दर्ता गराएको बताए। ‘हामीले निर्धारित समय अनुरुप उम्मेदवारी दर्ताका लागि निवेदन दिइसकेका छौँ, ‘उनले भने, ‘त्यसपछि निर्वाचन समितिले विद्यार्थी संगठनले समय मागेको भन्दै स्थगित गराइदियो ।’ स्वतन्त्र विद्यार्थी समुहका पुष्कर राज पन्तले विद्यार्थीका माग सम्बोधन  नगर्दै ताला तोकिएदेखि पेट्रोल छर्किनेमाथि कारबाहीको माग अघि सारे। सत्ताधारी एमाले निकट अनेरास्ववियु सुप प्रदेशका सचिव कमल रोकायाले ६ साउनमा क्याम्पस हाताभित्र पेट्रोल लिएर विद्यार्थीमाथि आक्रमण  गर्न खोज्नेमाथि कारबाही र अनि राजीनामा दिएर किन काममा आएको भन्दै निर्वाचन समितिसँग प्रश्न राखेपछि उम्मेदवारी  दर्ता प्रकृया फेरि रोकिएको हो। 

बिहीबार जिल्लाका राजनीतिक दलहरुसँग विश्वविद्यालयले गरेको सर्वदलीय बैठकले १४ साउनमै चुनाव गर्ने सहमति जनाएपछि क्याम्पसले निर्वाचन कार्यतालिका संशोधन गरेको थियो। बिहीबारै निर्वाचन गराउन वातावरण नभएको भन्दै निर्वाचन समितिका संयोजक एवं सदस्यहरुले राजीनामा दिएका छन्। यद्यपी राजीनामा स्वीकृत भएको छैन। 

विश्वविद्यालय स्थापना भएको १६ वर्षमा प्रवेश गर्दा हालसम्म चुनावको मिति घोषणा हुने अनेकन वादविवादले चुनाव नहुने अवस्थाबाट गुज्रिएकाले अहिले ताला खुलेपनि अन्यौता भने कायमै छ। यसपटक तीन स्वतन्त्रसहित १० विद्यार्थी संघ संगठनले चुनावमा सहभागिताका लागि संगठन दर्ता गराएका थिए। नेविसंघ केन्द्रीय सदस्य इन्द्र साउदले नेविसंघ जिल्ला अध्यक्ष नरेश पण्डितमाथि कुटपिट घटनाको छानबिन, उपचार खर्च, नेविसंघका विद्यार्थीमाथि पेट्रोल छर्किएर आक्रमण गर्न खोजेको घटनाको छानबिनदेखि विद्यार्थीका हकहितका विषयमा विश्वविद्यालय सहमत भएपछि ताला बताए। 

 ‘विश्वविद्यालयले नेवि संघले उठान गरेका माग सम्बोधन  गर्ने मौखिक सहमतिपछि ताला खोलेका छौँ, ‘उनले भने, ‘हाम्रो चाहना तालाबन्दी गरेर चुनाव भाँड्ने होइन चुनाव गराएर विद्यार्थीको प्रतिनिधी सिनेटमा पठाएर विद्यार्थीका समस्या सम्बोधन  गर्न वातावरण सृजना होस।’  चुनाव नहुँदा झण्डै साढे तीन हजार बढी विद्यार्थीलाई आफ्ना नेता छान्ने सपना पुरा हुन सकेको छैन।