मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १० शनिबार
  • Sunday, 27 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण १० शनिबार o९:३४:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

साताभरमा १४ सय रुपैयाँले बढ्यो सुन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण १० शनिबार o९:३४:oo
  • अमेरिका र व्यापारिक साझेदार मुलुकहरूबिच वार्ता सकारात्मक हुने संकेतपछि पछिल्ला दुई दिनमा सस्तियो सुनको भाउ

साताभरमा नेपाली बजारमा सुन प्रतितोला एक हजार चार सय रुपैयाँले महँगिएको छ । आइतबारदेखि निरन्तर बढेको सुन बुधबारसम्म आइपुग्दा तोलामा चार हजार तीन सय रुपैयाँसम्म महँगिएको थियो । तर, अन्तर्राष्ट्रिय बजारमा ओरालो लागेपछि साताका अन्तिम दुई दिन बिहीबार र शुक्रबार नेपालमा पनि सुनको भाउ घटेको छ ।

रोयटर्सका अनुसार अमेरिका र त्यसका व्यापारिक साझेदार मुलुकबिचको व्यापारिक वार्ता सकारात्मक हुने संकेत देखिएपछि पछिल्ला दुई दिनमा सुन सस्तिएको हो । यद्यपि, अमेरिकी डलर कमजोर हुँदै गएको र फेडले ब्याजदर कटौती गर्ने सम्भावना रहेकाले पनि सुनको मूल्य बढ्ने अनुमान अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरेका छन् । 

साताको पहिलो दिन ४ साउनमा सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँ थियो । ५ साउनमा चार सय रुपैयाँ बढेर एक लाख ९३ हजार सात सय रुपैयाँ पुग्यो । ६ साउनमा सुनको मूल्य एक लाख ९५ हजार पाँच सय रुपैयाँमा उक्लियो भने ७ साउनमै यो साता कै उच्च विन्दु एक लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भयो । ८ साउनमा भने मूल्य घट्दै एक लाख ९५ हजार दुई सय रुपैयाँमा झर्‍यो भने ९ साउनमा अझै घटेर एक लाख ९४ हजार सात सय रुपैयाँमा कारोबार भयो । साताभरको मूल्य विश्लेषण गर्दा सुनको मूल्य कुल चार हजार तीन सय रुपैयाँसम्म बढेको र पछिल्लो दुई दिनमा दुई हजार नौ सय रुपैयाँले घटेको देखिन्छ ।

साउन ४ देखि ९ गतेसम्म नेपाली बजारमा चाँदीको मूल्यमा पनि निरन्तर वृद्धि देखिएको छ । साताको पहिलो दुई दिन साउन ४ र ५ गते चाँदीको मूल्य प्रतितोला दुई हजार दुई सय ८५ रुपैयाँमा स्थिर थियो । ६ साउनमा दुई हजार तीन सय २० रुपैयाँ र ७ साउनमा दुई हजार तीन सय ५० रुपैयाँमा पुग्यो । ८ साउनमा दुई हजार तीन सय ३५ रुपैयाँ र ९ साउनमा दुई हजार तीन सय ४० रुपैयाँमा कारोबार भयो । साताभरमा चाँदीको मूल्य कुल ५५ रुपैयाँले वृद्धि भएको हो ।