मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १० शनिबार
  • Sunday, 27 July, 2025
२o८२ श्रावण १० शनिबार o९:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारी छाप दस्तखत किर्तेमा  मालपोत अधिकृत  पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १० शनिबार o९:२२:oo

बुटवल मालपोत कार्यालयका अधिकृत घनश्याम अर्याल पक्राउ परेका छन् । सरकारी छाप दस्तखत किर्ते मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर रुपन्देही प्रहरीले अर्याललाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक गणेश सापकोटाका अनुसार भैरहवाका पनि एक कर्मचारी पक्राउ परेका छन् ।

सरकारी छापको दुरुपयोग गरी नक्कली लालपुर्जा जारी गरेको विषयमा अनुसन्धान गर्ने क्रममा अर्यालसँगै भैरहवा मालपोत कार्यालयका कार्यालय सहयोगी सञ्जीव कुमार केवटलाई पनि जिल्ला प्रहरी कार्यालय रूपन्देहीले पक्राउ गरेको हो।

डिएसपी सापकोटाले  यस प्रकरणमा अन्य व्यक्तिहरू  पनि अनुसन्धानको दायरामा रहेको भन्दै थप कुरा खुलाउन चाहेनन्।  बुटवल र भैरहवामा भएको किर्ते घटना फरक–फरक भएको प्रहरीले स्पष्ट पारेको छ। यस प्रकरणमा अन्य केही व्यक्तिहरू  यसअघि नै तानिएको प्रहरीको भनाइ छ। कुन स्थानको जग्गाको विषयमा अनुसन्धान अगाडि बढाइएको हो भन्नेबारेमा पनि प्रहरीले खुलाउन चाहेन।