मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 26 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘एउटा बेलिब्रिज उद्घाटन गरेर कर्णालीमा धेरै काम गरेको भन्ने सरकारको नाटक हेरियो’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४८:oo

नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामा तामाङले कर्णालीमा राज्यको लगानी घटिरहेको भन्दै असन्तुष्टि जनाएकी छिन्। कर्णालीमा धेरै काम गरको भन्ने देखाउन एउटा बेलिब्रिज उद्घाटन गरेर सरकारले नाटक गरेको उनको टिप्पणी छ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसद तामाङले भनिन्, ‘प्रधानमन्त्रीज्यू भन्नुहुन्छ कर्णालीमा राज्यले राम्रो लगानी गरिरहेको छ। तर, यथार्थमा कर्णालीमा राज्यको लगानी अन्यत्रको भन्दा दिनप्रतिदिन घट्दो छ। एउटा बेलिब्रिज उद्घाटन गरेर कर्णालीमा धेरै काम गरका छौँ भन्ने सरकारको नाटक पनि हेरियो।’

हुम्लामा बनेको पुल उद्घाटन कार्यक्रममा हुम्लाकै जनप्रतिनिधिलाई नबोलाइएकोमा समेत उनले असन्तुष्टि पोखिन्। सरकार पूर्वाग्रही रहेको टिप्पणी गर्दै उनले भनिन्, ‘यस्तो पूर्वाग्रही मानसिकता बोकेको बिचौलियाको छायामा हुर्केको, काण्डैकाण्डको पहाडले थिचिएको सरकारले कर्णालीमा बजेट छुट्याउन त सकेन–सकेन, पहिलाका सरकारले कर्णालीमा छुट्याइदिएको बजेट कार्यान्वयनमा ल्याउन पनि सकेन। अहिले जुम्लालगायत कर्णालीको धेरै बजेट फ्रिज गएको छ। केही काम भएको भनिएको बजेट पनि दुरुपयोग भएको छ।’

जुम्लामा कालोपत्रे भइरहेको सडकको कामले कार्यान्वयनमा गएको बजेटसमेत दुरुपयोग भएको उनको भनाइ छ। उनले भनिन्, ‘यो सडकको कालोपत्रे हातले उप्काउन मिल्नेजस्तो गुणस्तरको रहेछ। सुशासन र गुणस्तरमा कुनै कसर बाँकी नराख्ने प्रधानमन्त्रीको भनाइलाई यस्ता कामले गिज्याइरहेको छ। सरकारको समयमै ध्यान जाओस्।’