मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 27 July, 2025
मस्को
Invalid date format o९:१७:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

रुसमा विमान दुर्घटना : ४८ यात्रु र क्रु सदस्य सबैको मृत्यु

Read Time : < 1 मिनेट
मस्को
नयाँ पत्रिका
Invalid date format o९:१७:oo

रुसको सुदूरपूर्वी क्षेत्रमा दुर्घटनामा परेको विमानमा सवार ४८ यात्रु र क्रु सदस्य सबैको मृत्यु भएको त्यस भेग (अमुर क्षेत्र)का प्रमुखले एक वक्तव्यमार्फत पुष्टि गरेका छन् । 

मृतकमध्ये विमानमा पाँच बालबालिका थिए । देशको नागरिक सुरक्षामन्त्रीले त्यसअघि बिहीबार साइबेरियामा आधारित अंगारा वायुसेवाले चलाएको एएन–२४ जहाज चीनसँगको सीमानजिकको अमुर क्षेत्रमा पर्ने सहर टिन्डावरपर हराएको बताएका थिए ।

पछि राहतकर्ताले विमानको इन्धनमा आगो लागिरहेको अवस्थामा विमानको भग्नावशेष भेटेका थिए । ‘रुसी नागरिक उड्डयन प्राधिकरणले सञ्चालन गर्ने एमआई–८ हेलिकोप्टरका राहतकर्मीले जलिरहेको विमान पहिचान गरेका थिए,’ नागरिक सुरक्षा मन्त्रालयको टेलिग्राम च्यानलमा भनिएको छ । 

रुसी आपत्कालीन सेवाकी अधिकारी युलिया पेतिनाले टेलिग्राममा लेखेकी छिन्, ‘खोजी अभियानका क्रममा रोसाभियात्सियाको एमआई–८ हेलिकोप्टरले विमान जलेको अवस्थामा फेला पारेको हो ।’ रुसी मिडियाका अनुसार दुर्घटनास्थलसम्म पुग्ने कुनै सडक नभएकाले १०० जनाको उद्धारकर्ताको समूहले वन क्षेत्रका ठुल्ठुला रुख काटेर बाटो बनाएका थिए ।