मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ६ मंगलबार
  • Tuesday, 22 July, 2025
२o८२ श्रावण ६ मंगलबार १९:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवजात शिशुको हत्या गरी फरार बाबु १० महिनापछि पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ६ मंगलबार १९:५१:oo

आफ्नै नवजात शिशुको हत्या गरी सडक छेउमा फालेर फरार भएकाे अभियाेगमा बाबुलाई १० महिनापछि प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–५ स्थायी घर भई कास्कीको पोखरा महानगरपालिका– ९, नागढुंगा बस्ने ३७ वर्षीय गोविन्द लामिछाने रहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए।

१३ असोज २०८१ को अन्दाजी अपराह्न सवा ५ बजेको समयमा पोखरा– १४ चाउथेस्थित पृथ्वी राजमार्गको छेउमा जेब्रा झोलामा नवजात शिशुको शव फेला परेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतसमेतबाट खटिएको प्रहरी टोलीले नवजात शिशु (छोरा)को शव जेब्रा झोलामा फलाटिनको कपडाले बेरी रातो गुलाबी रंगको ब्लाङकेटले बेरिएको अवस्थामा फेला पारेको थियो।

सडकछेउमा फेला पारेको शिशुको शवलाई प्रहरीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोस्टमार्टम गर्दा शिशुको घाँटी र टाउकोमा लागेको चोटको कारण मृत्यु भएको खुलेकाले कर्तव्य गरी मारेको यकिन गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो।

अनुसन्धानका क्रममा लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा श्रीमतीलाई सुत्केरी व्यथा लागी उपचार गराउन ल्याउँदा प्रहरीले पक्राउ गरेको बस्नेतले जानकारी दिए। बस्नेतलाई कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी कसुरमा सात दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।