मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 23 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कानुनमन्त्रीसहित रास्वपा र राप्रपासँग सभामुखको छलफल : संसद् चलाउने वातावरण बनाउन आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४६:oo

सभामुख देवराज घिमिरेले भिजिट भिसा प्रकरणमा संसदमा निरन्तर संघर्ष गरिरहेका रास्वपा र राप्रपाका नेताहरूसँग छलफल गरेका छन्।

मंगलबार दिउँसो कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियासहित सभामुख घिमिरेले रास्वपा कार्यवाहक सभापति डिपी अर्याल र राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङसँग छलफल गरेका हुन्। सभामुख घिमिरेले सरकार र संघर्षमा रहेका प्रतिपक्षी दलबिच संवाद हुन नसक्दा संसदमा असर परेको बताए।

सरकारले आगामी आर्थिक वर्षमा १२१ वटा विधेयक दिने भनेको उल्लेख गर्दै आफू  संसद चलाउनुपर्ने बाध्यतात्मक स्थितिमा रहेको बताए। उनले भने, ‘सरकारले आगामी आर्थिक वर्षमा १२१ वटा विधेयक दिने भनेको छ। तर, हाउस निरन्तर अवरोध हुँदा ती विधेयकको अवस्था के हुन्छन्, यसतर्फ सबैले सोच्न जरुरी छ। संसद् चलाउने वातावरण बनाउन म सरकार र विपक्षी दलहरूलाई आग्रह गर्दछु।’

बैठकमा कानुनमन्त्री चौरसियाले सरकारले प्रमुख विपक्षी दलको सहमतिमा छानबिन समिति बनाएर काम सुरू गरेको बताउँदै भने, ‘सरकार विपक्षीलाई नजरअन्दाज गरेर जाने पक्षमा छैन। रास्वपा र राप्रपासँग पनि सरकारले छलफल गरिनै रहेको छ। एउटा सहमतिको विन्दुमा पुग्न तपाईंहरू पनि लचिलो हुनुहोस्, सरकारले आवश्यक गृहकार्य गर्छ।’

रास्वपा कार्यवाहक सभापति अर्यालले सभामुखले सहमतिका लागि निरन्तर पहल गरे पनि सरकार गम्भीर नदेखिएको बताए। उनले भने, ‘यति गम्भीर मुद्दा सम्बोधन गर्न सरकारले उल्टै तदारुकता देखाउनुपर्नेमा गैरजिम्मेवारी देखाएको छ।’ 

राप्रपा उपाध्यक्ष तामाङले आफूहरूको मुद्दालाई सरकारले गम्भीरतापूर्वक नलिएको बताउँदै छानबिन समितिले के काम गरेको छ भनेरसमेत संसदलाई जानकारी नदिइएकोमा असन्तुष्टि जनाए।