मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 26 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:२२:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आर्थिक वर्ष ०८०/८१ मा वाणिज्य बैंकको वासलात : कर्जा चार खर्ब, निक्षेप ७.७६ खर्ब बढ्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:२२:oo
  • कर्जाको तुलनामा झन्डै चार खर्ब निक्षेप संकलन भएकाले बैंकहरूलाई वर्षैभर तरलता व्यवस्था गर्न सकस, राष्ट्र बैंकले निरन्तर तरलता प्रशोचन गरे पनि सुल्झिएन समस्या

अघिल्लो वर्षभन्दा एक खर्बले बढ्यो निक्षेप तथ्यांकअनुसार गत आवमा वाणिज्य बैंकहरूमा रहेको निक्षेप सात खर्ब ७६ अर्ब रुपैयाँले बढेको छ । अघिल्लो आव ०८०/८१ मा भने ६ खर्ब ६८ अर्ब ८२ करोड रुपैयाँले निक्षेप बढेको थियो । 

असार ०८१ सम्म वाणिज्य बैंकहरूमा ५७ खर्ब ५४ अर्ब ७७ करोड रुपैयाँ निक्षेप थियो । असार ०८२ सम्म आउँदा ६५ खर्ब ३० अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । असारमा मात्रै दुई खर्ब ७२ अर्ब ६३ करोड रुपैयाँ निक्षेप बढेको संघले जनाएको छ । मुख्यत: असारमा उच्च सरकारी खर्च भएकाले वर्षान्तमा निक्षेप उच्च भएको हो । यो वर्ष रेमिट्यान्ससमेत उच्च मात्रामा भित्रिएकाले निक्षेप बढेको हो ।

गत आवको पहिलो महिना साउनमा ३९ अर्ब रुपैयाँले निक्षेप घटेको थियो । तर, भदौमा ७३ अर्ब र असोजमा एक खर्ब ३३ अर्बले निक्षेप बढेको थियो । कात्तिकमा पुन: १९ अर्ब रुपैयाँले निक्षेप घट्यो । त्यसयता भने निरन्तर निक्षेप बढ्दै आएको छ । 

तथ्यांकअनुसार मंसिरमा ३३ अर्ब, पुसमा ५१ अर्ब, माघमा नौ अर्ब, फागुनमा ४० अर्ब र चैतमा ८३ अर्ब निक्षेप थपिएको थियो । वैशाखमा २३ अर्ब, जेठमा एक खर्ब १५ अर्ब र असारमा दुई खर्ब ७३ अर्ब निक्षेप बढेको संघले जनाएको छ ।  

गत आर्थिक वर्ष ०८१/८२ मा वाणिज्य बैंकहरूको कर्जा प्रवाह चार खर्ब तीन अर्ब ६४ करोड रुपैयाँ वृद्धि भएको छ । नेपाल बैंकर्स संघका अनुसार असार ०८१ सम्म कुल कर्जा प्रवाह ४५ खर्ब ७० अर्ब ९१ करोड रहेकोमा असार ०८२ मा ४९ खर्ब ७४ अर्ब ५५ करोड रुपैयाँ पुगेको हो । 

आर्थिक शिथिलताका कारण अघिल्लो आव ०८०/८१ सम्म कर्जा प्रवाह सुस्त थियो । सो वर्ष दुई खर्ब ५२ अर्ब ९६ करोड कर्जा प्रवाह भए पनि त्यसको तुलनामा गत आवमा केही सुधार भएको छ । तर, बढ्दो तरलता व्यवस्थापन गर्न राष्ट्र बैंक र २० वाणिज्य बैंकलाई सकस भइरहेको छ । राष्ट्र बैंकले गत आवमा साढे १२ प्रतिशतले कर्जा प्रवाह बढाउने लक्ष्य लिएको थियो । तर, ८.८३ प्रतिशतले मात्रै कर्जा वृद्धि हुँदा तरलता व्यवस्थापन हुन नसकेको हो । ऋण लिने व्यक्ति तथा संस्थाहरूमा  ‘कन्फिडेन्स’ बढ्न नसक्दा कर्जाको माग बढ्न नसकेको विज्ञहरू बताउँछन् । 

गत आवमा आयात र सेयर खरिदमा मात्रै कर्जाको माग बढेको बैंकर्स संघको तथ्यांक छ । ब्याजदर ज्यादै न्यून विन्दुमा आएका वेलासमेत कर्जाको माग नबढ्दा थप चिन्तित तुल्याएको संघको भनाइ छ ।

तथ्यांकअनुसार गत आवमा साउनमा दुई अर्ब, भदौमा ५३ अर्ब र असोजमा ५६ अर्ब कर्जा प्रवाह भएको थियो । कात्तिकमा दुई अर्ब मात्रै कर्जा प्रवाह हुँदा मंसिरमा ४२ अर्ब, पुसमा ९४ अर्ब, माघमा १२ अर्ब, फागुनमा २३ अर्ब र चैतमा ६५ अर्ब कर्जा प्रवाह भएको संघको तथ्यांक छ । त्यस्तै, वैशाखमा चार अर्ब, जेठमा ३६ अर्ब र असारमा २७ अर्ब रुपैयाँ कर्जा दिएको संघले जनाएको छ ।