मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 22 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२३:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

सिटी एक्सप्रेससँगको सहकार्यमा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’ सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२३:oo

सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८१’ प्रदान गरिएको छ।

गत शनिबार कुपन्डाेलस्थित होटेल हिमालयमा आयोजित कार्यक्रममा गायनतर्फ वरिष्ठ गायिका चन्द्रकला शाह र संगीततर्फ वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तानलाई जनही १० हजार रुपैयाँ प्रदान गरियो।

कार्यक्रममा ‘सुशीला आचार्य सुस्वास्थ्य कामना सम्मान’ दिवंगत कलाकार घनश्याम गौतमलाई प्रदान गरिएको छ। कलाकार गौतमकी धर्मपत्नी युगज्योति क्रियाशीलले उक्त सम्मान ग्रहण गरिन्। २५ हजार रुपैयाँ राशिको यो सम्मान सांगीतिक क्षेत्रमा क्रियाशील स्वास्थ्योपचार गराइरहेका संगीतकर्मीलाई प्रदान गर्दै आएको छ।

भक्तराज आचार्य संगीत प्रतिष्ठानकी अध्यक्ष सुशीला आचार्य र सिटी एक्सप्रेस मनी ट्रान्सफरका संस्थापक चन्द्र टन्डनले संयुक्त रूपमा यो सम्मान प्रदान गरेका थिए। भक्तराज आचार्य संगीत प्रतिष्ठानले संगीत र कलाको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रतिष्ठानलाई साथ दिँदै आएको छ।