
जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) शिवप्रसाद मैनाली असार महिनाको ‘पुलिस अफ दी मन्थ’ घोषित भएका छन् । अपराध अनुसन्धानमा उत्कृष्ट काम गरेका आधारमा उनलाई जिल्ला प्रहरी कार्यालयले पुरस्कृत गरेको हो ।
संगठित अपराध तथा डाँका चोरी मुद्दामा फरार अभियुक्तलाई पक्राउ गरेको, २ क्विन्टलभन्दा धेरै गाँजा बरामद लगायत काम गरेको आधारमा उनलाई पुरस्कृत गरिएको एसपी हेरम्बराज शर्माले बताए ।