मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १ बिहीबार
  • Friday, 18 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १ बिहीबार १८:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डा. धनञ्जय रेग्मी रास्वपा प्रवेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १ बिहीबार १८:४४:oo

नेपालको पर्यटन क्षेत्रका विज्ञ एवं नेपाल पर्यटन बोर्ड (एनटिबी)का पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। आज बिहीबार रास्वपाको पार्टी कार्यालय बालाजुस्थित घण्टीघरमा आयोजित पत्रकार सम्मेलनमा रेग्मी औपचारिक रूपमा रास्वपामा प्रवेश गरेका हुन्।

पार्टीका प्रवक्ता तथा सांसद मनीष झाले रेग्मीको प्रवेशको घोषणा गरेका थिए। रास्वपाको सिद्धान्त, नीतिगत धारणा र समर्पित नेतृत्वप्रति रेग्मीले विश्वास व्यक्त गर्दै पार्टीमा सहभागी भएका झाले जानकारी दिए।

कार्यक्रममा सम्बोधन गर्दै डा. रेग्मीले आफू पुराना राजनीतिक शक्तिहरूबाट मुलुकको समृद्धि सम्भव नभएको निष्कर्षमा पुगेको बताए। जीवनको धेरै समय विज्ञान, अनुसन्धान र पर्यटन विकासमा बिताएको बताउँदै अब त्यो अनुभवलाई राजनीतिको माध्यमबाट राष्ट्र निर्माणमा प्रयोग गर्ने उद्घोष गरे।

रेग्मीले आफू यसअघि कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको स्पष्ट पार्दै अब रास्वपाको नीतिगत स्पष्टता र सदाचारी नेतृत्वप्रति भरोसा रहेकाले पार्टीमा प्रवेश गरेको बताएका छन्। रास्वपा सभापति रवि लामिछानेमाथि भइरहेका राज्यद्वारा नियोजित दमन र चरित्रहत्या प्रयासप्रति चिन्ता व्यक्त गर्दै उनले आफू रवि नेतृत्वप्रति पूर्ण समर्थनका साथ उभिएको घोषणा गरे।

स्याङ्जा जिल्लामा जन्मेका डा. रेग्मी नेपालको हिमाली भूगोल, वातावरण, जलवायु परिवर्तन र पर्यटन क्षेत्रमा लामो समयदेखि अनुसन्धानरत विज्ञ हुन्। उनले जापानको होक्काइदो विश्वविद्यालयबाट ‘इन्भायोरमेन्ट अर्थ साइन्स’मा पिएचडी गरेका छन्। अमेरिकाको एरिजोना विश्वविद्यालयमा ‘ग्लेसियोलोजी’मा फेलोसिपसमेत पूरा गरिसकेका छन्। उनी पर्यावरणीय अध्ययन संस्था ‘हिमालयन रिसर्च सेन्टर’का संस्थापक अध्यक्षसमेत हुन्।