मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:o९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

धितोपत्रको दोस्रो बजार कारोबारमा ऐतिहासिक रेकर्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:o९:oo

गत आर्थिक वर्ष ०८१/८२ मा धितोपत्रको दोस्रो बजार कारोबारमा ऐतिहासिक रेकर्ड कायम भएको छ। बजारका अलावा परिसूचकमा पनि उक्त आर्थिक वर्षमा उल्लेख्य सुधार  भएको छ।

तथ्यांकअनुसार आर्थिक वर्ष ०८०/८१ मा सात खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँबराबरको धितोपत्रको कारोबार भएकोमा आर्थिक वर्ष ०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँबराबरको कारोबार भएको छ। यो रकम आर्थिक वर्ष ०८०/८१ को तुलनामा १८९.२३ प्रतिशतले बढी हो। यसअघि आव ०७७/७८ मा सबैभन्दा धेरै रकम रु. १४ खर्ब ५४ अर्व ४४ करोडको कारोबार भएको थियो।

यसैगरी, वर्ष ०८१ को असार मसान्तमा ३५ खर्ब ५३ अर्ब ६७ करोड रुपैयाँ रहेको बजार पुँजीकरण ०८२ असार मसान्तमा ३१.०५ प्रतिशतले वृद्धि भई ४६ खर्ब ५६ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ।

आर्थिक वर्ष ०८१/८२ को अन्त्यसम्ममा सूचीकृत कम्पनीको संख्या २७२ पुगेको छ। उक्त आर्थिक वर्षमा मर्जर तथा एक्विजिसनका कारण तीन कम्पनी सूचीकरणचाट हटेका छन् भने प्रथम सार्वजनिक निष्कासनमार्फत चारवटा कम्पनी थपिएका छन्।

प्रथम निष्कासनमार्फत तीन करोड ६५ लाख कित्ता सेयर, थप निष्कासनमार्फत ११ लाख २० हजार कित्ता सेयर, सरकारबाट थप गरिएको तथा स्थानीयलाई वितरण गरिएको चार करोड ३२ लाख ५८ कित्ता सेयर, सामूहिक लगानी कोषका ३७ करोड ८१ लाख एकाइ र संस्थागत ऋणपत्र ८३ लाख कित्ता गरी जम्मा ८० करोड ४२ लाख ८५ हजार कित्ता धितोपत्र सूचीकृत भएका छन्।