
कपिलवस्तुको महाराजगन्ज नगरपालिका- २ मा सर्पले डस्दा १४ महिने बालिकाको मृत्यु भएको छ। घरमा सुतेको अवस्थामा सर्पले डसेर संगीता पासवानको मृत्यु भएको हो।
सर्पले डसेपछि संगीता अचेत भएका थिए । अचेत भएपछि उपचारका लागि बहादुरगन्ज अस्पताल लगिएको थियो। उनको उपचार हुन नसकेपछि थप उपचारका लागि गोरुसिंगेस्थित सर्वदंश उपचार केन्द्रमा ल्याइएको थियो।
उपचारमा ढिलाइ गरिँदा उनको बाटोमै मृत्यु भइसकेको गोरुसिंगे सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताए।